2026-10-15 03:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नेपाल सहित बिभिन्न देशका कामदार मलेसियामा अवैध घुस्न दिएको आरोपमा ४९ अधिकारीहरु पक्राउ

असोज ६, काठमाडौँ । मलेसियाको आप्रवासन विभागका दर्जनौं अधिकारीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा एक वरिष्ठ अधिकारी पनि छन् । उनीहरुलाई नेपाल सहित बिभिन्न देशबाट अवैध बिदेशी कामदारहरु मलेसिया भित्र्याएको आरोपमा पक्राउ गरिएको मलेसियाका संचार माध्यमहरुमा रिपोर्ट छन् । 

तश्वीर 

तश्विरमा: मलेसियन एन्टी-करप्शन कमिसन (MACC) ले अप्रेसनको क्रममा बरामद गरेको नगद सहित प्रमाणहरु । 

मलेसियन एन्टी-करप्शन कमिसन (MACC) का प्रमुख अजम बकीले गत बुधबार स्थानीय मिडियालाई बताएका अनुसार, आप्रवासन विभागका ४० बर्षीय वरिष्ठ अधिकारीलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा “काउन्टर सेटिङ” अपरेसनको मुख्य योजनाकार रहेको आरोपमा पक्राउ गरिएको छ । काउन्टर सेटिङ भनेको विदेशी नागरिकहरूलाई उचित कागजात बिना पूर्वनिर्धारित बाटोहरूबाट मलेसिया प्रवेश गराउनु हो । ति उच्च अधिकारीले करिब ५० जना आप्रवासन अधिकारीहरूलाई प्रभावमा पारेका थिए । उनले अन्य अधिकारीहरूलाई घुस वितरण गर्न जिम्मेवार भूमिका खेलेको बताइएको छ । अवैध सेटिङका मुख्य योजनाकार वरिष्ठ अधिकारीलाई मलेसियन एन्टी-करप्शन कमिसन सेलेंगरको जिम्मा लगाइएको छ र आइतबार अदालत पेस गरिने बताइएको छ । 

मलेसियन एन्टी-करप्शन कमिसनले विमानस्थलमा काम गरिरहेको काउन्टर सेटिङ सिण्डिकेटलाई लक्षित गर्दै अपरेसन सुरु गर्नु अघि ६ महिनासम्म गोप्य रुपमा जानकारी संकलन गरेको थियो । काउन्टर अप्रेशनको क्रममा हालसम्म ४९ जना आप्रवासन विभागका अधिकारीहरू, एक प्रहरी अधिकारी, दुई एजेन्टहरू र बैंक खाताहरू उपलब्ध गराउने आठ व्यक्तिलाई पक्राउ गरिएको छ ।

MACC ले १ मिलियनभन्दा बढी रिंगिट अर्थात २ लाख ३४ हजार अमेरिकी डलर नगद, साथै सवारीसाधन, गरगहना र सुन बरामद गरेको फ्री मलेसिया टुडे ले रिपोर्टमा उल्लेख गरेको छ । यसमा संलग्न २१५ बैंक खाताहरूलाई फ्रीज गरिएको छ, जसमा ३ मिलियनभन्दा बढी रिंगिट रहेको छ । ती बैंक खाताहरू आप्रवासन अधिकारीहरू र सिण्डिकेटका लागि काम गर्ने एजेन्टहरूको हुन् ।

पछील्लो समय मलेसियाले आप्रवासी कामदारहरुलाई मलेसिया प्रवेशमा रोक लगाएको छ । एजेन्टहरुको सक्रियतामा मलेसिया स्थित बिभिन्न कम्पनीमा अभाव भएका कामदारहरुलाई परिपूर्ति गर्न अवैध कामदार मलेसिया भित्र्याईएको हो । जसमा नेपालबाट पनि केहि म्यानपावर र एजेन्टहरुको संलग्नता रहेको बुझिएको छ । मलेसिया बन्द भए यता म्यानमार, बंगलादेश, इन्डोनेसिया, भारत, पाकिस्तान, र नेपालका नागरिकहरूलाई अवैध रूपमा मलेसियामा प्रवेश गराएको थियो ।

अवैध रूपमा मलेसिया ल्याइएका विदेशी नागरिकहरूको राष्ट्रियताअनुसार घुसको रकम फरक हुने गरेको पाइएको छ । अधिकारीहरूलाई प्रति विदेशी कामदार घुसाएबापत RM200 देखि RM2,500 सम्म घुस दिइन्थ्यो । यस्तो अवैध गतिबिधि संचालन गर्न एजेन्ट र आप्रवासन अधिकारीहरूबीच WhatsApp मार्फत समन्वय हुन्थ्यो । जसमा उनीहरूले विदेशीहरूलाई मलेसियामा प्रवेश गराउने मिति र विवरणहरू आदानप्रदान गर्ने गरेका थिए ।

सेटिङ मिलेपछि अधिकारीहरूले विदेशीहरूलाई सजिलैसँग प्रवेश दिन विशेष काउन्टरको नम्बर दिने गर्थे । त्यसपछि संलग्न एजेन्टहरूले विदेशीहरूलाई उनीहरूको गन्तव्यमा पुर्‍याउँथे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने