पुस ३, काठमाडौँ  । आजदेखि अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा जानेलाई पूर्व श्रम स्वीकृति दिन सुरु गरिएको छ । 

अन्तर्राष्ट्रिय आप्रवासी का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ३, काठमाडौँ  । आजदेखि अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा जानेलाई पूर्व श्रम स्वीकृति दिन सुरु गरिएको छ । 

अन्तर्राष्ट्रिय आप्रवासी का"/>

2026-10-15 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा जानेहरुलाई खुसीको खबर, सुरु भयो श्रममा अनलाइन प्रणाली

पुस ३, काठमाडौँ  । आजदेखि अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा जानेलाई पूर्व श्रम स्वीकृति दिन सुरु गरिएको छ । 

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले श्रमग्राम ताहाचलमा एक कार्यक्रमबीच अनलाइन प्रणालीको सुभारम्भ गर्नुभयो । पूर्व श्रम स्वीकृति आजबाटै अनलाइन प्रणालीमार्फत दिइनेछ भने हप्ता दिनपछि अन्तिम श्रम स्वीकृति समेत अनलाइनबाट दिइने व्यवस्था मिलाइनेछ । 

मेनपावर कम्पनीले आफ्नै ‘युजर नेम’ र ‘पासवर्ड’ खोलेर वैदेशिक रोजगार विभागलाई युजरनेमको जानकारी दिनुपर्छ । सोही आधारमा सो युजरनेमबाट आएका विवरणलाई विभागले स्वीकृति प्रदान गर्नेछ । अहिले श्रम स्वीकृति लिन विभागको काठमाडौँ कार्यालय, ताहाचलमा घन्टौ लाइनमा लाग्नुपर्ने बाध्यता रहेको छ । यो प्रणालीको सुरुवातसँगै त्यो बाध्यता हट्दै जानेछ । 

बिमा रकम, अभिमुखीकरणको तालिमको रकम, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई तिर्नुपर्ने कल्याणकारी कोषको रकमलगायतका सबै विवरण अनलाइन प्रणालीमार्फत हुनेछ । गलत नामावली, नक्कली बिमाजस्ता समस्या समेत हटाउन यसले भूमिका खेल्ने विश्वास लिइएको छ । 

मन्त्री गुरुङले अनलाइन प्रणालीको लामो समयको चाहनाले पूर्णता लिएको बताउँदै यो प्रणालीले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा श्रम तथा रोजगार राज्यमन्त्री दिलीप गच्छदारले स्वीजरल्यान्ड सरकारको सहयोगमा यो प्रणाली विकास गर्न सम्भव भएको बताउँदै सहयोगका लागि धन्यवाद दिनुभयो । 

नेपालका लागि स्वीजरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनले श्रम र रोजगारको क्षेत्रमा आफ्नो देशले नेपाललाई सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत स्वीजरल्यणन्डको सहयोगमा सुरक्षित आप्रवास परियोजनाको रु पाँच करोड सहयोगमा अनलाइन प्रणाली विकास गरिएको हो । रासस 

यो पनि हेर्नुहोस 

अब अनलाइनबाटै श्रम गर्न यसरी फारम भर्नुस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने