2026-10-15 10:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

घरेलु कामदारको रुपमा अवैध बाटोबाट कुवेत पुर्याईएकि महिला सम्पर्कबिहिन

सर्मिलालाई अवैध बाटोबाट कुवेत पठाउनेहरुमा नवलपरासी बर्दघाट-१२ कै दुई एजेन्टहरु बिबस पुन र श्रीकान्त गुप्ता हुन्

काठमाडौँ । घरेलु कामदारको रुपमा अवैध बाटो हुँदै कुवेत छिरेकी नवलपरासी बर्दघाट १२ कि सर्मिला सुनार २५ दिनदेखि परिवारबाट सम्पर्क बिहिन छिन् ।

एक बर्ष अघि गाउँकै एजेन्टहरु मार्फत अवैध रुपमा कुवेत पुर्याईएकि सुनार अस्पतालमा भर्ना भएको भनिएको तर लामो समयसम्म सम्पर्कमा नआएको सर्मिलाको आमा मन कुमारी विश्वकर्माले जानकारी दिएकी छन् ।

मन कुमारीका अनुसार सर्मिलालाई अवैध बाटोबाट कुवेत पठाउनेहरुमा नवलपरासी बर्दघाट-१२ कै दुई एजेन्टहरु बिबस पुन र श्रीकान्त गुप्ता हुन् । आफ्नै देशको एअरपोर्ट प्रयोग नगरी, श्रम स्वीकृति समेत नलिई छोरीलाई कुवेत किन पठाएको भने प्रश्नमा मनकुमारीले भनिन् ‘एजेन्टहरुले जसरी गए पनि हुन्छ, जुन बाटोबाट गए पनि फरक पर्दैन भने अहिले आएर थाहा भयो केहि समस्यामा पर्दा उद्दार गर्न समेत सहज नहुने रहेछ ।’

मन कुमारीका अनुसार छोरीलाई के कारण अस्पतालमा भर्ना गरिएको भनि जानकारी माग्दा सर्मिलाको मालिकले डिप्रेसन भएको जानकारी दिएको बताइन् । अस्पताल रहेको भनिए पनि लामो समयदेखि छोरीको अत्तोपत्तो नभए पछि पिडितकि आमा सम्बन्धित निकायको सहयोगको गुहारमा छिन् ।

वैदेशिक रोजगारमा जाने संस्थागत बाटो हुँदाहुँदै एजेन्टको भरोशामा वैदेशिक रोजगारको प्रलोभनमा अबैध बाटो हुँदै हजारौं युवा-युवतीहरु विदेश जाने गरेका छन् । यसरी अवैध बाटोबाट विदेश जाँदा भविष्यमा आउन सक्ने जोखिमलाई ध्यान नदिंदा वा चेतनाको कमिको कारण नेपाली युवाहरुले बिभिन्न समस्या भोग्न परिरहेको छ । त्यसो त यसरी अबैध काम गर्नेहरु बिरुद्ध उचित कारवाही नहुँदा यस्ता बेथिति थप बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने