2026-09-03 02:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

पूर्वश्रममन्त्री अर्यालको निर्देशन प्रभाव: कोरिया जाने श्रमिकलाई ७० हजार सस्तो

श्रमिक माथि आर्थिक भार थोपरेर हवाई टिकटमा सिन्डिकेट भईरहेको थाहा पाएपछि तत्कालीन श्रममन्त्री डीपी अर्यालले ध्यानाकर्षण गर्दै तत्काल आवश्यक प्रक्रिया चाल्न निर्देशन दिएका थिए

काठमाडौँ । पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालको निर्देशनसंगै नियमित ध्यानाकर्षणको प्रभावले कोरिया रोजगारमा जाने युवाहरुले सस्तो हवाई मूल्यमा कोरिया रोजगारमा जान पाउने भएका छन् ।

कोरिया जाने नेपाली श्रमिक अब ५५ हजार मै उड्न पाउने भएपछि खुसि भएका छन् । श्रममंत्री हुँदा डिपी अर्यालसँग कोरिया जान हवाई भाडादरमा मनपरी भएको सम्बन्धमा ध्यानाकर्षण भएपछि पुर्व श्रममन्त्री अर्यालले हवाई भाडामा भएको मनपरी हटाउन आवश्यक निर्देशन दिएका थिए । तात्कालिन समयमा बिभिन्न अधिकारीहरुसँग मिलिमतो गरि कोरिया जाने नेपाली श्रमिकबाट युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रा.लिले चर्को शुल्क असुलेको थियो । तर अब भने कोरिया जाने श्रमिकले जम्मा ५५ हजार रुपैयाँमा कोरिया रोजगारमा उड्न पाउने भएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको ईपीएस कोरिया शाखाले एकतर्फी हवाई टिकट आपूर्तिका लागि गत कात्तिक १३ गते बोलपत्र आह्वान गरेको थियो । टेन्डर प्रक्रियामा युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रा.लि.ले पाएको छ । उसले अब प्रति श्रमिक भ्याटसहित ५४ हजार ९९१ रुपैयाँमा उडाउने सर्तमा प्रति कामदार हवाई भाडा सुनिस्चित गर्नु पर्नेछ ।

युनिभर्सल त्यही एजेन्सी हो जसले यसअघि १ लाख २५ हजारसम्म असुलिरहेको थियो । अझ कतिपय श्रमिकले टिकट नपाएपछि डेढ लाखसम्म तिर्नु परेको गुनासो गरेका थिए । यसरी श्रमिक माथि आर्थिक भार थोपरेर हवाई टिकटमा सिन्डिकेट भईरहेको थाहा पाएपछि तत्कालीन श्रममन्त्री डीपी अर्यालले ध्यानाकर्षण गर्दै तत्काल आवश्यक प्रक्रिया चाल्न निर्देशन दिएका थिए । त्यसपछि टेन्डर प्रक्रियाको काम अगाडी बढेको थियो ।
सरकारबाट फिर्ता भएपछि पनि अर्यालले आफू सदस्य रहेको उद्योग तथा वाणज्यि र श्रम तथा उपभोक्ता हित समतिमा यस सम्बन्धमा पटक-पटक श्रममन्त्री र सचिवको ध्यनाकर्षण गराएका थिए ।

बोलपत्र स्वीकृत भएसँगै कोरिया जाने श्रमिकहरुको झण्डै ७० हजार रुपैयाँ जोगिएको छ । यो निर्णयको कोरिया जाने श्रमिकहरुले स्वागत गरेका छन् । यद्यपि टिकट नपाउने समस्या देखाएर कामदारबाट अवैध रुपमा थप रकम असुल्ने कार्य हुनेमा आशंका उब्जिएको छ । टेन्डरपछि ५५ हजारमै श्रमिक उडाउन सक्ने युनिभर्सलले बर्षौं मच्चाइरहेको लुट र सिन्डिकेटका विषयमा बर्तमान सरकार मौन बस्न नहुने आवाज उठाइएको छ ।

आफू श्रममन्त्री हुँदा अर्यालले वैदेशिक रोजगारमा जाने युवाहरुले चर्को लागत तिर्नु परेको विषय तत्काल समाधान गर्नुपर्ने विषयलाई राष्ट्रिय सभाको बैठकमा आफ्नो सम्बोधनको मुख्य विषय बनाएका थिए । उनले श्रम स्वीकृति नवीकरण गर्दा लामो समयसम्म झुलाईने गरेको अवस्थालाई व्यवहारिक समाधान गर्दै एकै घण्टामा श्रम स्वीकृति लिन सक्ने वातावरण बनाएर श्रमिकमैत्री काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन