2026-10-15 08:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन: खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल घोषणा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि अध्यक्षको पदको उम्मेदवारको लागि व्यवसायी कुमुद खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल घोषणा गरिएको छ । अध्यक्ष दाबी पेश गरेका नेपाल लोकतान्त्रिक व्यवसायी एशोसिएसनमा आबद्ध ६ व्यवसायीले उम्मेदवार छनोट गर्ने एशोसिएसन कार्यसमितिको निर्णयको विरोध गर्दै कुमुद खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल घोषणा गरेका हुन् ।

संघको अध्यक्षका लागि सोलार एचआर म्यानेजमेन्ट प्रा.लि.का संचालक प्रज्ञान न्यौपाने, फ्युजन इन्टरनेशनल प्रा.लिका संचालक कुमुद खनाल, एलाइन्स ह्युमन रिसोर्स प्रा.लिका संचालक सुजितकुमार श्रेष्ठ, फेमस ह्युमन रिसोर्स प्रा.लिका संचालक चिरञ्जीबी बस्याल, नीलकमल ह्युमन रिसोर्स प्रा.लि.का संचालक मेघनाथ भुर्तेल, गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक भुवनसिं गुरुङ र एसआरके ओभरसिज प्रा.लि.का संचालक किशोर केसीले दाबी पेश गरेका थिए । त्यसमध्ये एशोसिएसनले संघको निर्वाचनका लागि गुरुङ म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक गुरुङको अध्यक्षतामा उम्मेदवार सार्वजनिक गरेपछि तिब्र बिरोध उत्पन्न हुँदै आएको छ । गुरुङबाहेकका ६ जना आकांक्षीले एशोसिएसन कार्यसमितिको निर्णयको विरोधमा संयुक्त प्रेस विज्ञप्तिसमेत जारी गर्दै प्यानल नै बनाएर सार्वजनिक गरेका छन् । विज्ञप्तिमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी फागुन २ गते हुने निर्वाचनका लागि माघ १७ गते सार्वजनिक बिदाको दिन एशोसियसनले मध्यरातमा निर्णय सार्वजनिक गर्नु गलत भएको उल्लेख गरिएको छ । उनीहरुको विज्ञप्तिमा संघको २९औं साधारण सभामा संस्था एवं पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध समानान्तर प्यानल बनाइ चुनाव लड्ने उम्मेदवार गुरुङलाई के आधारमा यस कार्यसमितिले अध्यक्ष पदको उम्मेदवार तय गर्यो भन्ने प्रश्न उठाउँदै विज्ञप्तिमा निज उम्मेदवारका कारणले २७औं साधारण सभामा सम्पूर्ण प्यानलसहित विजयी भएको अवस्थामा निजका कारणले गत निर्वाचनमा हार व्यहोर्नुपरेको यथार्थलाई मध्यनजर नगरी पुनः उम्मेदवार छनोट गर्नु आपत्तिजनक र खेदजनक रहेकोे उल्लेख छ ।

त्यसैगरी विज्ञप्तिमा संस्थाले सूचनामार्फत उम्मेदवारी आह्वान गरेपश्चात दर्ता भएका उम्मेदवारबीच सामान्य छलफल समेत नगराइ गरिएको निर्णयले समग्रमा पार्टीको संस्था नै अस्तव्यस्त हुने सम्भावनालाई गहिरोरूपमा अध्ययन गरेको जनाउँदै पार्टीको शुभेच्छुक संस्था भएकाले नेपाली कांग्रेस पार्टीमा निर्णय सच्याउनका लागि निर्णय गराउने उल्लेख गरिएको छ । उनीहरुले बिज्ञप्ति जारी गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको निर्वाचनका लागि फ्युजन इन्टरनेशनल प्रा.लि.का संचालक कुमुद खनालको अध्यक्षतामा अध्यक्षका ६ प्रतिस्पर्धीलाई नै समेटेर १९ सदस्यीय प्यानल सार्वजनिक गरिएको छ । खनाल नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका निवर्तमान अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्षसमेत हुन । एशोसिएसनले संघका पूर्वद्वितीय उपाध्यक्ष भुवनसिं गुरुङको अध्यक्षतामा उम्मेद्वार सार्वजनिक गरेपछि खनालको नेतृत्वमा उम्मेदवारको अर्को प्यानल सार्वजनिक गरिएको हो ।

अध्यक्षका उम्मेदवार खनालले विधि र पद्धतिको रक्षाका लागि आफ्नो नेतृत्वको प्यानल चुनावी मैदानमा आएको भन्दै वैदेशिक रोजगारका एजेन्डालाई निर्णयक निष्कर्षमा पुर्याइने जनसवाललाई बताए । उनले अघिल्लोपटक एशोसियसनकै बागी उम्मेद्वार गुरुङलाई अहिले आधिकारिक उम्मेदवार दिनै नमिल्ने दावी गर्दै पार्टीले नै यो करेक्सन गरेर आफुहरुको निर्णयलाई सदर गर्ने जिकिर गरे । उनले यो आफ्नोमात्रै निर्णय नभएर एशोसियसनका पुर्व अध्यक्षहरु,अध्यक्षका ६ दावेदारहरु र ब्याबसायीहरुको भएको बताए । उनले एसोसिएसन र पार्टीलाई पहिलाको निर्णय करेक्सनको लागि समय दिएको तर सकारात्मक जवाफ नआएपछि निर्वाचनमा होमिएको बताए ।

उक्त प्यानलको प्रथम उपाध्यक्षमा सोलार एचआर म्यानेजमेन्ट प्रा.लि.का संचालक तथा एशोसिएसनका पूर्वअद्वितीय उपाध्यक्षमा एलाइन्स ह्युमन रिसोर्स प्रा.लि.का संचालक तथा संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ,तिर्तीय उपाध्यक्षमा त्रीवेणी ओभरसिजका संचालक लक्ष्मण पौडेल, महासचिवमा हाल संघका सचिव रहेका डाइनामिक स्टाफिङ सोलुसन प्रा.लि.का संचालक कर्णराज कटुवाल,सचिवमा अक्सन ईन्टरनेशनल प्रालिका ईश्वर सापकोटा, कोषाध्यक्षमा हाल एशोसिएसनकी कोषाध्यक्षको जिम्मेवारीमा रहेकी विनर एचआर सोलुसन प्रा.लि.की संचालक हिमा गुरुङ रहेकी छन ।

कार्यसमिति सदस्यमा उज्यालो ओभरसिज प्रालिका संचालक चन्द्र बहादुर लिम्बू, मार्स म्यानपावर प्रा.लि.का संचालक प्रकाश बोहोरा, शुभहारती मेनपावर प्रा.लि.का संचालक विक्रम श्रेष्ठ, राज ग्रुप अफ कम्पनीका संचालक राजकाजी भोलान, सिल्भर कर्नर इन्टरनेशनल प्रा.लि.का संचालक कैलाश पाठक,बिश्वास तिमल्सिना,तोरण कार्की, रहेका छन उक्त प्यानलले निर्वाचन प्रचार प्रसार समितिको सम्योजकमा संघका महासचिव मेघनाथ भुर्तेल, सह सम्योजकमा नवल किशोर यादब, सदस्यमा चिरञ्जीवी बस्याल,शेशकान्त पुरि,भवानी प्रसाद निरौला र आर्थिक समितीमा नारायण पराजुली, कमल काफ्ले, नरेन्द्रमणि पराजुली, देवी काफ्ले, नरेन्द्र बाबू राना रहेका छन । यसैगरी संरक्षकमा बिमल ढकाल, सन्जय निराला रहेका छन । यता एशोसियसनका अध्यक्ष दिपक थापा र महासचिब महेस बस्नेतले आफुहरु आफ्नो निर्णयमा अडिग रहने बताए । हालसम्म एमाले निकट ब्याबसायीको तर्फबाट नरेश गेलाल अध्यक्षका उम्मेदवार बनेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने