2026-10-15 08:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

फेल्डाद्वारा नेपालबाट स्थगित गरेर भारतबाट कामदार लैजान अनैतिक अभ्यास हुँदै

अनिल अधिकारी । काठमाडौँ । मलेसिया स्थित प्रतिष्ठित प्लान्टेसन कम्पनी फेल्डा प्लान्टेसन एसडिएन बिएचडीले नेपालबाट कामदार लैजान स्थगित गरेर भारतबाट कामदार लैजाने प्रक्रियामा अनैतिक अभ्यास गरेको पाइएको छ ।

भारतमा अनिल नाम गरेका एजेन्टले मलेशियाली भर्ती लाइसेन्स “C” का साथ फेल्डा कम्पनीका ६ वटा सहायक कम्पनीहरूको लागि भर्ती टेन्डर पारेर भारतबाट कामदार भर्ति प्रक्रिया सुरु गरेको पाइएको छ । अनिल नाम गरेका ति एजेन्ट मलेशियाली भारतीय नागरिक हुन् । फेल्डाकै अरु दुई सहायक कम्पनीमा कामदार पूर्ति गर्न अर्का एक व्यक्तिले जिम्मेवारी पाएका छन् । अनिलले फेल्डाको भर्तीको लागि खुला टेन्डरमा आवेदन दिएको बताइएको छ । अनिलले माग ल्याए बापत केहि मलेशियन रिंगिट (RM) कमिसन पाउँछन् ।

एजेन्ट अनिल फेल्डा कम्पनीको व्यवस्थापन कर्मचारीसँग जोडिएका छन्ज, सले उनलाई टेन्डर जित्न र यी ६ वटा मलेशियाली एजेन्सीहरूको माध्यमबाट फेल्डाको भर्ती प्रक्रिया नियन्त्रण गर्न अनुमति दिएकोआरोप छ । यो पनि आरोप गरिएको छ कि फेल्डाका अधिकारलाई अनिलले टेन्डर पाउनको लागि कमिसन बुझाएका छन् । कमिसन तिरेर डिमाण्ड ल्याएपछि भारतीय कामदारहरुसँग रोजगारमा जोडिन चर्को लागत अशुल्न लागिएको छ । अनिल र फेल्डाको भ्रष्ट अधिकारीहरुबीच भएको अनैतिक क्रियाकलापले कामदारहरुको भर्ति शुल्क बढ्ने निश्चित रहेको बताइएको छ ।

फेल्डाले नेपालमा पारदर्शी भर्ना प्रक्रियाबाट कामदार लैजान नसक्ने, भर्ती योजनानै असफल हुने र पारदर्शी प्रक्रियाबाट कामदार लैजाँदा कमिसन नपाउने बुझेपछि नेपालको डिमाण्ड भारत डाइभर्ट गरेको पाइएको छ । नेपालबाट भर्ती प्रक्रिया पारदर्शी बनाउने कोसिस रोजगारदाताले गर्ने हो भने भारतको भन्दा बढी पारदर्शिता हुन्छ । तर फेल्डाका भ्रष्ट अधिकारीहरु त्यो चाहँदैनन् । फेल्डाले चाहँदा नेपालबाट पूर्णत: पारदर्शी भर्ति प्रक्रियाबाट कामदार मलेसिया लैजान सम्भव छ । कतिपय मलेसियाका कम्पनीले नेपालबाट नैतिक भर्ना प्रक्रियाबाट पारदर्शी प्रक्रियाबाट पूर्ण रुपमा निशुल्क कामदार लगिरहेका धेरै उदाहरण छन् ।

नेपालबाट कामदार भर्ना गर्दा अन्तर्वार्ता हुनुभन्दा ७ दिन अघिनै राष्ट्रिय दैनिकहरुमा सबै जानकारी खुलाएर बिज्ञापन जारी गर्नुपर्ने नियम छ । यसरी बिज्ञापन गरेपछि कामदारहरुले स्वतन्त्र रुपमा भर्ना प्रक्रियामा सहभागी हुन पाउने अवस्था छ । तर भारतमा यस्तो नियम छैन । त्यसैको फाइदा उठाउने उदेश्यले फेल्डाले नेपालमा गएको डिमाण्ड भारत सारेको बुझिएको छ ।

फेल्डा र यसको सम्बन्धित मलेशियाली एजेन्सीहरूले कामदार भर्नाको स्रोत देश परिवर्तन गरे पनि अनैतिक अभ्यासमा भने केही परिवर्तन गरेका छैनन् । अहिलेकै अवस्थाबाट भारतीय नागरिक फेल्डामा भर्ति गरिए भारतीय श्रमिकहरूले फेल्डा मलेशियामा जागिर सुरक्षित गर्नका लागि ६०,००० देखि ९५,००० भारतीय रूपियाँ (INR) तिर्नुपर्ने भएको छ ।

यता नेपालबाट डिमाण्ड डाइभर्ट भएसंगै नेपालका एजेन्टहरूले डिमाण्ड किन्न प्रयोग गरेको कमिसनसँगै प्रक्रियागत केहि खर्च रकम गुमाएको अनुमान छ । यसरी हुने लेनदेनमा हुण्डीको प्रयोग हुने गरेको छ । नेपालमा दिएको डिमाण्ड डाइभर्ट हुनुमा नेपालका केहि एजेन्टहरुको पनि संलग्नता हुनसक्ने बुझिएको छ । नेपालमा अन्तर्वार्तासम्मको तयारी गरिसकेका केहि म्यानपावरहरुबाट फेल्डा एकाएक व्याक भएको थियो । कतिपय म्यानपावरहरुले अन्तर्वार्ताको मिति समेत निश्चित गरेका थिए । तर मिडिया र सरोकारवाला पक्षहरुको ध्यान खिचिएपछि पारदर्शी अन्तर्वार्ता नहुने अवस्था देखेपछि फेल्डाले नेपालमा कामदार लिने प्रक्रिया स्थगित गरेको थियो । नेपालमा भर्ति अभ्यास पारदर्शी गरेको भए फेल्डामा नेपाली कामदार निशुल्क आउने सम्भावना हुँदाहुँदै पनि फेल्डा प्लान्टेसन भारत डाइभर्ट भएको हो ।

एक स्रोतका अनुसार फेल्डाले निम्न भारतीय भर्ती मध्यस्थहरूलाई आफ्नो अनलाइन आप्रवासी व्यवस्थापन प्रणालीमार्फत आधिकारिक भर्ती माग जारी गरेको छ । जसमा Samint Employment, Mughal House Manpower, Ayyan Consultancy, R S International र Taifiq Manpower रहेका छन् । फेल्डाकै मागलाई लिएर भारतमा बिज्ञापनहरु समेत भईरहेका छन् ।

फेल्डाले जुन देशबाट कामदार भर्ति गरेपनि पारदर्शिता माथि प्रश्न उठ्नुले फेल्डाको भ्रष्ट अधिकारीहरुको इमान्दारिता माथि प्रश्न उठेको छ । रोजगारमा जोड्ने क्रममा कामदारमाथि थोपरिने आर्थिक भारलाई फेल्डाले वेवास्था गरेपछि यसले अन्तराष्ट्रिय सप्लाई चेनमा ठूलो असर पार्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने