2026-10-15 08:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार अभिमुखिकरण: उपस्थित भए ७ सय, नभए २१ सय

वैदेशिक रोजगार बिभागबाट यस सम्बन्धमा हुने अनुगमन शुन्यप्राय छ । अधिकांश म्यानपावरले ७०० तिर्नुभन्दा २१०० तिरेर सेटिङनै गर्न उत्प्रेरित गर्ने गरेको पाइएको छ । जसको कारण जति सेटिङ त्यतिनै राम्रो रकम कमिसन पाउने अवस्था रहेको छ ।

अनिल अधिकारी । काठमाडौँ । वैदेशिक रोजगारमा जाने युवाहरुले लिनैपर्ने पुर्व प्रस्थान अभिमुखिकरण तालिममा मनपरी अझै हटेको छैन । त्यसो त यो बेथितिको नियन्त्रण गर्ने निकायहरु यो बेथितिमै रमाईरहेका छन् ।

वैदेशिक रोजगारमा जाने कामदारले श्रम स्वीकृति अघि अनिवार्य रूपमा लिनुपर्ने पूर्वप्रस्थान अभिमुखीकरण तालिममा व्यापक बेथिति छ । पछिल्लो समय कार्यविधि संसोधन गरिएको छ तर बेथिति भने घटेको छैन । अझैपनि सेटिङमा काम भईरहेका छन् । मुख्य बेथिति के छ भने समय सापेक्ष सिकाई पाठ्यक्रमनै छैन । जसको कारण अभिमुखिकरण तालिम लिनुको औचित्य माथि गम्भीर प्रश्न उठाउने गरिएको छ । यसको जिम्मेवारी लिनुपर्ने निकाय श्रम मन्त्रालय, वैदेशिक रोजगार बिभाग र वैदेशिक रोजगार बोर्ड मुकदर्शक मात्र बनिरहेका छन् । यस विषयमा धेरैअघि ध्यानाकर्षण हुनुपर्ने विषयमा ध्यान नदिनु यी निकायको कार्यक्षमता माथि प्रश्न उठेको छ ।

सुधारको लागि भन्दै कार्यविधि संसोधन गरिएपनि आइरिस प्रणालीमा ‘डुप्लीकेसन’ को समस्या छ । जसको कारण एकै व्यक्तिलाई पटक-पटक आइरिस गराएर तालिममा सहभागी छ भन्दै हाजिर गराउने गरिएको छ । यहि बेथितिलाई दिएको छुटको प्रतिफल स्वरूप अधिकांश तालिम प्रदायकहरुले केहि व्यक्तिको उपस्थिति गराएर तालिमनै लिन नआउनेहरुको समेत हाजिरी गराउने गरेका छन् । यसरी तालिमनै लिन नआउनेहरुको शुल्क प्रतिव्यक्ति २१०० लिने गरिएको पाइएको छ ।

वैदेशिक रोजगारमा जानुअघि अनिवार्य भनिए पनि आउने-जाने झन्झट र दुई दिन पुरा समय दिएर तालिम लिनुभन्दा पैसानै तिर्न ठिक मानिदिने अवस्था रहेको र यता सेटिङ पनि मज्जाले चल्ने भएपछि यो बेथिति अन्त्य भईरहेको छैन । त्यसो त वैदेशिक रोजगार बिभागबाट यस सम्बन्धमा हुने अनुगमन शुन्यप्राय छ । अधिकांश म्यानपावरले ७०० तिर्नुभन्दा २१०० तिरेर सेटिङनै गर्न उत्प्रेरित गर्ने गरेको पाइएको छ । जसको कारण जति सेटिङ त्यतिनै राम्रो रकम कमिसन पाउने अवस्था रहेको छ । पछिल्लो समय अधिकांश वैदेशिक रोजगारमा जानेहरुले २१०० शुल्क तिरेर तालिमनै लिन नगई सेटिङमा प्रमाणपत्र पाउने गरेको अवस्था छ ।

अर्कोतर्फ वैदेशिक रोजगारमा जाने युवाहरु बढी सुसुचित भएमा त्यसले म्यानपावरहरुलाई फाइदा नहुने बुझाई छ । वैदेशिक रोजगार पुर्व प्रस्थान अभिमुखिकरण तालिम कार्यक्रम प्रभावकारी भएमा लागतदेखि कानुनी प्रक्रियाका विषयमा कामदारले जानकारी पाउने हुँदा कतिपय म्यानपावरहरुलाई बेफाइदा हुने बुझाइ छ ।

जिम्मेवार सरकारी निकायहरूले अभिमुखिकरण तालिमलाई प्राथमिकता नदिँदा तालिमको गुणस्तर कमजोर भइरहेको छ । तालिम लिनुको औचित्यमाथिनै प्रश्न उठ्दा तालिम लिनुपर्छ भन्ने महत्व घटेको कारण पनि युवाहरु तालिम लिन जाँदैनन् । सम्बन्धित पक्षले तालिम दिने संस्थाहरूलाई पनि स्पष्ट दिशानिर्देशन र आवश्यक सहयोग नगरिदिँदा उनीहरूले गुणस्तरीय तालिम दिन नसकिरहेको बताइएको छ । सम्बन्धित जिम्मेवार पक्षले यो क्षेत्रको बेथितिबाट फाइदा लिने पक्षसँग जोडिएर भूमिका निभाईरहेको कारण पनि यो क्षेत्र सुधारको बाटोमा जान नसकेको अवस्था छ ।

हाल चलिरहेको वैदेशिक रोजगार अभिमुखिकरण तालिम कतिपय अवस्थामा केवल औपचारिकता मात्र जस्तो भइरहेको छ । त्यसैले कतिपय म्यानपावर र कामदार दुवैले यसलाई गम्भीर रूपमा नलिन थालेका छन् । दुवै पक्षलाई तालिम लिनु झन्झट जस्तो मात्र भईरहेको बुझिएको छ । कतिपय कामदारले तालिम लिन्छु भनेर तालिममा सरीक भएपनि तालिम दिने प्रशिक्षकनै नभएको, दिनभर समय व्यतित गर्ननै असहज भएको तथा दिनभर टिभि लगाएर मात्र छाडिदिने गरेको गुनाशो छ ।

यस क्षेत्रको बेथिति रोक्न वैदेशिक रोजगार बोर्ड र बिभाग बाहेक छुट्टै स्वतन्त्र अनुगमन समिति बनाउने र कुन-कुन संस्थाले के-के गरिरहेका छन् भन्ने रिपोर्टको आधारमा कानुनी कारवाही गर्ने विषयमा सरकारी निकायले ध्यान दिएको छैन । त्यसो त तालिमनै नदिई प्रतिव्यक्ति २१०० रुपैयाँ लिएर हाजिरी गराउने तालिम प्रदायक कम्पनीलाई स्व-अनुगमनको आधारमा समेत स्पष्ट कारबाहीको प्रक्रिया लागू गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने