2026-10-15 07:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित

संघको निर्वाचनमा बिजयी गुरुङले (४२८ मत) प्राप्त गर्दा भने उनका प्रतिष्पर्धी नरेश गेलालले (३६७ मत) प्राप्त गरे । निर्वाचित गुरुङ संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा. लि.का संचालक हुन् ।

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औं साधारणसभाले अध्यक्षमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका उम्मेदवार बनेका भुवनसिंह गुरुङलाई निर्वाचित गरेको छ ।

संघको निर्वाचनमा बिजयी गुरुङले (४२८ मत) प्राप्त गर्दा भने उनका प्रतिष्पर्धी नरेश गेलालले (३६७ मत) प्राप्त गरे । गुरुङ र गेलालबीच ६१ मतको मतान्तर रह्यो । निर्वाचित गुरुङ संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा. लि.का संचालक हुन् ।

संघको निर्वाचनबाट गेलाल समूहबाट उम्मेदवार बनेका दुई जना मात्र बिजयी भए । गेलाल समुहबाट संघका पूर्व महासचिव तथा मञ्चका पूर्व महासचिव सुजित कुमार श्रेष्ठ (३७५ मत) प्रथम उपाध्यक्षमा बिजयी भए । श्रेष्ठले प्रथम उपाध्यक्ष पदका अर्का उम्मेदवार नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकाललाई ७३ मतको मतान्तरले पराजित गरेका हुन् । साेहि पदमा प्रतिश्पर्धा गरेका स्वतन्त्र उम्मेदवार अख्तर हुसेनले १०१ मत प्राप्त गरेक थिए ।

संघको द्वितीय उपाध्यक्षमा गुरूङ प्यानलका अलर्ट ओभरसिज प्रा. लि.का संचालक देवकुमार खोखालीले (४०२ मत) प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्दी गेलाल प्यानलका मधुकर रिजालले (३७८ मत) प्राप्त गरेका छन् ।

त्यस्तै तृतीय उपाध्यक्षमा गेलाल प्यानलका बैकुण्ठ पाैडेल वैभवले (४३५ मत) प्राप्त गरि विजयी भए । पराजित इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्कबहादुर लिम्बूले (३५० मत) प्राप्त गरे ।

महासचिव पदमा गुरूङ प्यानलका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेत (४२३ मत) प्राप्त गरि विजयी भए । उनका प्रतिद्वन्दी गेलाल प्यानलका कर्णराज कटुवालले ३६२ मत प्राप्त गरे ।

त्यस्तै आकृति रिक्रुटिङ प्रा. लि.का संचालक गुरूङ प्यानलका कुन्छा दोर्जे डिङ्दोङ (३७४ मत) ल्याई सचिवमा विजयी भए । पराजित गेलाल प्यानलका उम्मेदवार अनिल बाेगटीले (३११ मत) पाए भने स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले (९३ मत) प्राप्त गरे । सचिव पदमा बिजयी उम्मेदवार नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चका हुन् ।

त्यस्तै कोषाध्यक्ष पदमा विजयी गेलाल प्यानलका धनु सिंजालीले (४२८ मत) पाइन् भने पराजित गुरूङ समूहका उम्मेद्वार शुभ हारती म्यानपावर प्रा लि का सञ्चालक बिक्रम श्रेष्ठले (३५७ मत) प्राप्त गरे ।

संघको कार्यसमिति सदस्य पदमा रिजा ओभरसिज प्रा. लि.की संचालिका रेखा शर्माले (४४७ मत), इगल मेनपावर कन्सल्टेन्ट प्रालिका सञ्चालक कृष्ण ढकालले (४४२ मत), युनिभर्सल एच.आर. सोलुसन प्रा. लि.का संचालक भरत सापकोटाले (४३५ मत), राज ग्रुप अफ कम्पनीका सञ्चालक राज लामा तामाङले (४२७ मत), रसुवा ओभरसिज प्रा. लि.का संचालक सुवर्ण लामाले (४०९ मत), विनर एचआर शोलुशन प्रा लि की सञ्चालिका हिमा गुरूङले (३४९ मत), रियो ओभरसिज प्रा लि की सञ्चालिका रमा खड्काले (३८८ मत), हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरीले (३७७ मत), इम्पेरियल ओभरसिज प्रा. लि.की संचालिका विद्यालक्ष्मी बज्राचार्यले (३५३ मत) र सेक्युर नेपाल जब प्रा. लि.का संचालक सुमनराज पाण्डेले (३४३ मत) प्राप्त गरि बिजयी भएका छन् । कार्यसमिति सदस्यहरुमा बिजयी सबै उम्मेदवार गुरुङ पक्षबाटै उम्मेदवार बनेकाहरु हुन् ।

संघको शुक्रबार सम्पन्न साधारण सभापछिको निर्वाचनमा कुल मतदाताको ९१ प्रतिशतभन्दा बढी मतदान भएको थियो । संघको निर्वाचनका लागि ८९३ प्रतिनिधि सूचीकृत भएकोमा ८१३ जना व्यावसायीले मतदानमा भाग लिएका थिए ।

शुक्रबार दिउँसो साढे ४ बजेपछि सुरु भएको मतदान राति साढे ९ बजेसम्म सम्पन्न भई मतगणना सुरु भएको थियो । संघकोको नयाँ कार्यसमितिको लागि दुई प्यानलका ३४ र स्वतन्त्र २ जना गरी कुल ३६ जनाले उम्मेदवारी दिएका थिए । २१ सदस्यीय कार्यसमितिमध्ये अध्यक्षसहित ७ पदाधिकारी र १० जना कार्यसमिति सदस्य प्रत्यक्ष मतदानबाट निर्वाचित भएका छन् भने ४ सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।

यो पटकको संघको निर्वाचनमा निर्वाचित कांग्रेस निकट गुरुङको पक्षलाई नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चबाट समर्थन रहेको थियो ।

उता अध्यक्षका अर्का उम्मेदवार नरेश गेलाललाई भने एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अर्को पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त व्यवसायी समूहबाट समर्थन रहेको थियो । गेलाल एचआर इन्टरनेसनल सर्भिस प्रा. लि.का संचालक हुन् भने पूर्वमहासचिव तथा मञ्चका पूर्वअध्यक्ष समेत हुन् ।

तश्वीरमा: शुक्रबार संघको निर्वाचनको क्रममा भएको प्रचार-प्रसारको झलक ।

तश्वीरमा: संघको शुक्रबार सम्पन्न साधारण सभामा उपस्थित भएका व्यवसायीहरु

तश्वीरमा: संघको शुक्रबार सम्पन्न साधारण सभामा उपस्थित भएका व्यवसायीहरु । सभामा श्रममन्त्री तथा अर्थमन्त्रीको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने