३० बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’

६ बैशाख २०८२, शनिबार १७:४०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आह्वान गर्नुभएको छ ।

शुक्रबार साँझ कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा केही पनि छैन, केही भएन भन्ने जस्ता गलत भाष्य निर्माण गरिएको समेत बताउनुभएको महासङ्घले जनाएको छ ।

उहाँले भन्नुभयो, “नेपालमा सम्भावना नै छैन भन्ने गलत र नकारात्मक भाष्य बनाउन खोजिएको छ, विदेशमा बसेर यहाँको विकास र प्रविधिसँग तुलना गर्दै नेपालको विरोध पनि गरिएको पाइन्छ, नेपालमा पनि विदेशमा जस्तै मेहनत गर्ने हो भने धेरै काम गर्न सकिन्छ ।”

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीको अवसर प्रदान गर्ने गरी रु १० अर्ब पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै ढकालले त्यस कम्पनीमार्फत लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आग्रह गर्नुभयो । उक्त कम्पनीले मुलुकभित्र तथा बाहिर रहेका नेपालीहरुको छरिएर रहेको पुँजी सङ्कलन गरी जलविद्युत्, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरुमा लगानी गर्न गइरहेको उहाँले बताउनुभयो । उहाँले उक्त कम्पनीमा सहभागी भइ लगानी गर्न अनुरोध गर्नुभयो ।

अध्यक्ष ढकालले बागलुङबाट कतारमा आएका बागलुङवासीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न अक्षयकोष स्थापना गरेकोमा विशेष धन्यवाद व्यक्त गर्दै उहाँले त्यस कोषमा रु १५ लाख सहयोग गर्ने घोषणा गर्नुभएको थियो । सो कार्यक्रममा बागलुङवासीसमेत भएकाले अध्यक्ष ढकाललाई सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सन्तुलित, समावेशी र पारदर्शी रूपमा बजेट बनाइनुपर्नेमा जोड ‘विकाससँग सांसद जोडिनुपर्छ’ दक्षिण सुडानमा पाँच लाख ६० हजार शरणार्थीको बसोबास : राष्ट्रसंघ धुर्मुस–सुन्तलीले राम्रो उद्देश्यले क्रिकेट रंगशालाको काम गर्दा धेरै दुःख पाए: प्रधानमन्त्री ओली कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड नेपाली कांग्रेसकी सांसद राईविरुद्धको पुरक अभियोजनमा ३७ लाख बिगो मागदाबी गर्दै मुद्दा दायर बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ : नयाँ अनुसन्धान सरकारले कोरियामा डी टू र डी फोर भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित अमेरिकी निर्वासनले ‘गम्भीर चिन्ता’ निम्त्याउँछ : संयुक्त राष्ट्रसङ्घीय अधिकार प्रमुख डब्लुएचओद्वारा नाकाकन्दीका कारण गाजामा अनिकाल र जोखिमको चेतावनी पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक ‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री काठ आयात प्रतिस्थापनमा जोड कर्मचारीको सेवासुविधा समयानुकूल बनाउनुपर्ने पार्टी कार्यालय एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने निस्किए: प्रधानमन्त्री ओली राप्रपा शाहीले कांग्रेसका २ महामन्त्रीलाई भने – नीति तथा कार्यक्रम छलफलमा कहीँ पनि देखिनुभएन किन ? दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा