६ जेष्ठ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसिया रोजगारमा सिन्डिकेट अन्त्यको माग गर्दै बंगलादेशमा पर्दर्शन

२२ बैशाख २०८२, सोमबार १५:४३

काठमाडौँ । नेपालमा मलेसियाली श्रम बजारमा सिन्डिकेटको हल्ला चलिरहँदा बंगलादेशमा सक्रिय सिन्डिकेट प्रणाली अन्त्य गरी बजारलाई खुला, पारदर्शी र सबै रिक्रुटिङ एजेन्सीका लागि समान पहुँचयुक्त बनाउनुपर्ने मागसहित बंगलादेशको रिकृुटिङ एजेन्सी संचालकहरूले सरकारको ध्यानाकर्षण गराउंदै बिरोध गरेका छन् ।

नेपालमा पनि मलेसिया सिन्डिकेटको बिरोध भईरहेको बेला बंगलादेशको राजधानी ढाकास्थित प्रवासी कल्याण भवन अगाडि आयोजित एक प्रदर्शन/मानव साङ्लोबाट उनीहरूले यस्तो बिरोध गरेका हुन् ।  बिरोध कार्यक्रममा बोल्दै बक्ताहरूले एक प्रभावशाली समूहले लामो समयदेखि मलेसियाको श्रमबजारलाई आफ्नो नियन्त्रणमा राख्दै आएको र सामान्य रिक्रुटिङ एजेन्सीहरूको काम समेत प्रभावित हुँदै आएको बताएका छन् ।

BAIRA का वरिष्ठ उपाध्यक्ष रियाज उल इस्लामले आरोप लगाउँदै भने, “मलेसियाको श्रमबजारमा एउटा निश्चित सिन्डिकेटमार्फत हजारौं करोड टाकार कारोबार भइरहेको छ । यसबाट सामान्य कामदार र वैध एजेन्सीहरू ठूलो क्षतिमा परेका छन्।” उनले थपे, “अब समय आएको छ—बङ्गलादेश-मलेसिया श्रम सम्झौताको सर्तहरू पुनर्विचार गरियोस् र श्रमबजार खुला गरियोस् ।”

बिरोध कार्यक्रममा बक्ताहरूले मलेसिया सिन्डिकेटसँग संलग्न केही पूर्वमन्त्री, सल्लाहकार र राजनीतिक नेताहरूविरुद्ध कानुनी कारबाही गर्न अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । उनीहरुले पूर्वमन्त्री र अधिकारीहरुको छानबीन हुनुपर्ने माग राखेका छन् ।

एजेन्सीहरुले चेतावनी दिँदै भनेका छन् “यदि यो सिन्डिकेट तोडिएन भने, भविष्यमा देशको रिक्रुटिङ व्यवसाय पूर्ण रूपमा ध्वस्त हुनेछ, जसको प्रत्यक्ष असर वैदेशिक आयमा पर्नेछ।”

यसअघि एजेन्सीहरुको छाता संस्था बायरा (BAIRA) का पूर्व अधिकारीहरुले आइतबार प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई एक ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले बुझाएको ज्ञापनपत्रमा ४५३ एजेन्सीहरुको हस्ताक्षर सहित थियो । बायरा (Bangladesh Association of International Recruiting Agencies) को तर्फबाट ज्ञापनपत्र बुझाउने प्रतिनिधिमण्डलमा संस्थाका पूर्व वरिष्ठ उपाध्यक्ष रियाद उल इस्लाम, पूर्व सहमहासचिव मो. फखरुल इस्लाम र पूर्व उपाध्यक्ष मोआज्जेम हुसैन रहेका छन् ।

ज्ञापनपत्रमा विगतको सरकारको पालामा मलेसियामा सिन्डिकेट लगाएर नेपाली श्रमिक पठाउने कार्य भएको स्मरण गराउँदै त्यसलाई पुनःस्थापित गर्न खोज्ने तत्वहरू अझै सक्रिय रहेको गम्भीर आरोप लगाइएको छ । जनआन्दोलनबाट विस्थापित भएको सरकारको पालामा गठन भएको सिन्डिकेट कुनै हालतमा पुनः फर्कन नदिइने कुरा बायराले ध्यानाकर्षण गराएको छ ।

बायराको भनाइमा, मलेसियाली श्रम बजारमा सिन्डिकेट प्रणालीलाई अघि बढाउने मुख्य पात्रहरूमा बंगलादेशी मूलका दातो आमीन, रुहुल अमिन स्वप्न तथा पूर्व सरकारका केही प्रभावशाली नेताहरू रहेका छन्, जो अझै पनि विदेशी भूमिबाट सिन्डिकेट पुनःस्थापित गर्ने प्रयासमा लागिरहेका छन् ।

बंगलादेशमा पछिल्ला १५ वर्षमा मलेसियाली श्रम बजार तीन पटक बन्द भएको इतिहाँस छ । जसको मुख्य कारण सिन्डिकेटको संलग्नता, अनियमितता, भ्रष्टाचार र घुसनै हो ।

चार बर्ष रोकिएपछि पछिल्लो पटक सन् २०२२ अगस्टमा मलेसियाले बङ्गलादेशी श्रमिक लिन थालेपछि, दुबै देशको सरकारबीच भएको सहमति अनुसार, श्रमिकले अधिकतम ७८ हजार ९९० टाका खर्च गर्नु पर्ने थियो । तर, Verité नामक अमेरिकी संस्थाको सर्वेअनुसार, प्रत्येक बंगलादेशबाट मलेसिया रोजगारमा जाने श्रमिकले लगभग ५ लाख ४४ हजार टाका तिर्नुपर्ने डाटा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यातायात र ऊर्जा क्षेत्रमा उच्च प्राथमिकतासहित बङ्गलादेशको विकास कार्यक्रम स्वीकृत हुम्ला विपद् : तत्काल राहतका लागि पहल गरिने प्रधानमन्त्रीद्वारा नेपाली महिला खेलाडीलाई बधाई तोकिएकै समयमा आयोजना सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग छः मन्त्री दाहाल कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान कांग्रेसलाई भाग्ने ठाउँ नभएको र अब गभर्नर देखि प्रधानमन्त्री हाम्रो, जताततै हामी : महामन्त्री थापा इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो जाँदा छ जनाको मृत्यु, १४ बेपत्ता चीनसँग डेनमार्कको ‘खुला’ छलफल रेशमलाई पक्राउ गर्न पत्र लेख्ने शाखा अधिकृत विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत सरकारी सञ्चारमाध्यमहरुले नेताको प्रचार नगर्नु, विकासको चर्चा गर्नु : सञ्चारमन्त्री गुरुङ सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै विश्व स्वास्थ्य संगठनद्वारा नेपाल पुरस्कृत रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ परराष्ट्रमन्त्रीसँग युरोपियन युनियन आबद्ध राजदूतहरूको शिष्टाचार भेट पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री र कांग्रेस सभापति देउवाविच भेट हुँदै सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री