काठमाडौं । मलेसियामा सेक्युरिटी गार्ड पदमा रोजगार नेपालीहरुले मात्र पएको अवसर हो तर त्यसको सदुपयोग नेपालले गर्न सकेको छैन । नेपाली सेक्युरिटी गार्डहरु मलेसिया जाँदा चर्को लागतको मार खेपिरहँदा सम्बन्धित पक्ष मौन छन् । बरु आरोप छ मलेसिया स्थित नेपाली दुतावासदेखिनै प्रतिकामदार डिमाण्ड प्रमाणीकरणको मोल-मोलाईको अवस्था छ ।
मलेसियाले नेपालीलाई मात्र अवसर दिएको एकमात्र अवसर हुँदा पनि यो क्षेत्रमा कसरी चर्को लागत तिरेर युवाहरु मलेसिया जान बाध्य छन् भन्ने प्रश्नको जवाफ न दुतावासले खोज्छ न श्रम मन्त्रालयलाई नै चासो छ । वैदेशिक रोजगार क्षेत्रमा जति बेथिति उति फाइदाको स्थितिले मोटाइरहेका निकायहरुले यसप्रति प्रश्न समेत उठाउन चाहदैनन् ।
पछिल्लो समय केहि समय बन्द भएर आंशिक खुलेको मलेसिया रोजगारमा एकाएक चर्को लागत अशुली बढेको विषयमा हेरे गुनाशोहरु प्राप्त भईरहेका छन् । श्रमिकहरूबाट खुलेआम बढी शुल्क असुलिँदा समेत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भने मुकदर्शक छ । वैदेशिक रोजगार बिभागको अनुगमन संयन्त्र प्राय निष्क्रिय बनाइएको छ ।
मलेसियाले हाल विश्वका १५ भन्दा बढी देशबाट आप्रवासी श्रमिक भित्र्याइरहे पनि सुरक्षा गार्डको हकमा भने नेपालीलाई मात्र प्राथमिकता दिएको छ । नेपालीप्रति मलेसियन सरकारको विश्वास र सम्मानका कारण उद्योग, निर्माण, प्रशासन, विमानस्थल, हाउजिङदेखि सरकारी संस्थासम्म नेपाली गार्डहरू कार्यरत छन् ।
मलेसियाले सेक्युरिटी गार्डको भर्तीका लागि निश्चित मापदण्ड तोकिएको छ । तर एजेन्टहरुले चर्को लागत उठाउने प्रयोजनमा अधिकांश म्यानपावरमा आउने डिमाण्डको जानकारी नियोजित रुपमा जान चाहने सबैमा पुर्याईदैन । यसरी इच्छुक सबैले डिमाण्डबारे जानकारी नपाउँदा रोजगारदाताले सम्बन्धित काममा कमजोर क्षमता भएकालाई पनि लगेको पाइएको छ । यस्ता अवसर एजेन्टहर्रुसँग जोडिएकाहरुले मात्र पाउने गरि संजाल बनाइएको छ । एजेन्ट संजालले जस्ता कामदार भेट्छन्, जसले चर्को लागत तिर्न तयार हुन्छन्, तिनै कामदारहरुलाई मात्र अन्तर्वार्तामा समावेस गराउने तथा अन्तर्वार्तामा पास गराउने काम भईरहेको पाइएको छ । यहि अस्वस्थ अवस्थाको कारण रोजगारदाताले क्वालिटीयुक्त कामदार क्रमश: पाउन छाडेको गुनाशो गर्ने गरेका छन् ।
सेक्युरिटि गार्ड पदका लागि पूर्वसैनिक पृष्ठभूमि भएका, अंग्रेजी भाषा जान्ने तथा स्थानीय भाषा जान्ने र न्यूनतम ५.४ इन्च उचाइजस्ता शर्तहरू छन् । तर, नेपालबाट यस्ता योग्यताका कामदार सहजै उपलब्ध नभएको व्यवसायीहरू बताउँछन् । तर यसको वास्तविकता फरक छ । एजेन्टहरुको कारण म्यानपावरमा आउने डिमाण्डहरुको सूचना आम युवाहरुमा पुग्दैन । पुगेपनि एजेन्टहरुकै माध्यमबाट पुग्ने गरेको छ । जसको कारण म्यानपावरले अशुल्ने भन्दा २० हजारदेखि १ लाखसम्म थप रकम अशुल्ने कार्यमा एजेन्टको सक्रियता छ ।
नेपालीले मात्र पाउने सेक्युरिटी गार्डको अवसरमा पनि नेपाली म्यानपावर व्यवसायीले डिमाण्ड किनेर ल्याईरहेको विषयमा सरकार मौन छ । जताबाट आएपनि नेपाली म्यानपावरकै पोल्टामा आउने डिमाण्ड किन्न किन व्यवसायी पुग्दैछन् भन्ने विषयको खोजि सरकार गर्दैन । यो बेथितिलाई मनपरी छोड्दा नेपालकै व्यवसायी-व्यवसायी बीच अस्वस्थ प्रतिष्पर्धा चलिरहेको छ । जसको कारण मलेसिया सेक्युरिटी गार्डमा जाने नेपाली कामदारको लागत बढीरहेको छ ।
त्यसो त मलेसियामा करिब ८०० भन्दा बढी सप्लाई कम्पनीहरूले सुरक्षा गार्ड भर्ना गर्ने जिम्मा लिएका छन् । ती कम्पनीहरूले कम मूल्यमा टेन्डर जित्न प्रतिस्पर्धा गर्दा कामदारले थोरै पारिश्रमिक पाउने र खानपानका लागि छुट्टै खर्च गर्नुपर्ने अवस्थामा बार्गेनिङ गरेर त्यहि डिमाण्ड नेपाली व्यवसायीलाई बेच्ने गरेका छन् । किनेर डिमाण्ड ल्याउँदा कामदारलाई त्यसको भार पर्ने गरेको छ । यताबाट आफ्नो म्यानपावरमा डिमाण्ड झार्न चर्को अस्वस्थ प्रतिष्पर्धा छ । मलेसियामा रहेका सप्लाई कम्पनीमा कतिपयमा नेपालीकै संलग्ताले नेपालका व्यवसायीसँग बार्गेनिङ चल्दा जुन व्यवसायीले प्रति कामदार बढी रकम दिन्छ उसैले उक्त डिमाण्डमा नेपाली कामदार पठाउन पाउने स्थिति छ । त्यसरी चर्को रकममा किनेको डिमाण्डमा कामदार पठाउँदा सर्कार्री पक्षले कहिँ-कतै हस्तक्षप गर्दैन । गरेपनि मिलिमतोमा सबै कुरा स्वीकार भईरहेको अवस्था छ । जसको कारण यो बेथिति घट्ने भन्दा बढिरहेको छ ।
मलेसियामा सेक्युरिटी गार्डमा जाने नेपालीहरुमाथि चर्को श्रम शोषण छ । नेपालबाट कागजी रुपमा दैनिक ८ घण्टा र सातामा ६ दिन काम गर्नुपर्ने भनि पठाइएको भएपनि मलेसिया पुग्ने सेक्युरिटी गार्डहरुले दैनिक १२ घन्टा र महिनाको पुरा दिन काम गर्नुपर्ने बिदा समेत नपाउने र कतिपयले बिरामी भएको अवस्थामा समेत तलब काट्ने गरेको गुनाशो गर्ने गरेका छन् । कडा परिश्रम गर्दा पनि सोचेजस्तो पारिश्रमिक नपाउने कयौं गुनाशो छन् ।
आंशिक रुपमा हाल मलेसिया रोजगार खुलेपछि हरेक दिन २०० भन्दा बढी नेपाली सुरक्षा गार्डहरू मलेसिया गईरहेका छन् । उनिहरूले रोजगारी पाउने आशामा रु ३ लाख देखि साढे ५ लाख तिर्न बाध्य छन् । जुन रकम धेरैले ऋण लिएर जोहो गरेका हुन्छन् । उता मलेसिया पुगेपछि उनीहरूको वास्तविकता अत्यन्तै पीडादायक छ । सातै दिन लगातार काम गर्नुपर्छ, कुनै बिदा हुँदैन र तलब पनि मलेसियाको कानुनी न्यूनतम तलबभन्दा कम पाईरहेका छन् । बासस्थान पनि अस्वस्थ र भीडभाडयुक्त छ ।
यस्तो अवस्था अन्तर्राष्ट्रिय श्रम मापदण्ड र नेपाल-मलेसियाबीच भएको सम्झौताको समेत उल्लङ्घन भईरहेको छ । नेपालको वैदेशिक रोजगार नीति अनुसार निःशुल्क भिसा र टिकट सुनिश्चित हुनुपर्नेमा त्यस्तो अवस्था छैन । नेपालमा पर्याप्त रोजगारीको अभाव, अवैध एजेन्टहरूको बढ्दो प्रभाव र सरकारी निगरानीको कमजोरीका कारण हजारौं श्रमिक शोषणमा परेका छन् ।
यो समस्या आजको समस्या भने होइन । बर्षौंदेखि यहि समस्यालाई देखेर पनि अनदेखा भईरहेको छ । सम्बन्धित देशमा रहेको दुतावास समेत यो विषयमा आवश्यकता अनुसार सक्रिय नभएको गुनाशो छ ।
म्यानपावर व्यवसायीहरुले यो स्थिति आउनुमा सरकारको मुख्य दोष रहेको बताइरहेका छन् । एक व्यवसायीले यसै सम्बन्धमा प्रश्न राख्दा भने ‘म अस्वस्थ प्रतिष्पर्धा गर्न चाहदिन । तर बाध्यता छ । म मात्र सहि भएर यो क्षेत्र सुध्रदैन । मन्त्रीदेखि कार्मचारी हुँदै दुतावास सुध्रिनुपर्छ । त्यसपछि उनीहरुले अस्वस्थ अवस्थाको सक्रिय अनुगमन संगै कारवाही गर्ने नीति लिनुपर्छ ।’ ति व्यवसायीले स्वीकारे ‘नेपालले मात्र पाएको अवसर सरकारी निकायको ध्यानाकर्षणको अभाव