2026-06-23 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसिया जाने नेपाली सेक्युरिटी गार्डहरुको लागत अस्वाभाविक बढ्दै, श्रम मन्त्रालय मुकदर्शक

नेपालीले मात्र पाउने सेक्युरिटी गार्डको अवसरमा पनि नेपाली म्यानपावर व्यवसायीले डिमाण्ड किनेर ल्याईरहेको विषयमा सरकार मौन छ । जताबाट आएपनि नेपाली म्यानपावरकै पोल्टामा आउने डिमाण्ड किन्न किन व्यवसायी पुग्दैछन् भन्ने विषयको खोजि सरकार गर्दैन । यो बेथितिलाई मनपरी छोड्दा नेपालकै व्यवसायी-व्यवसायी बीच अस्वस्थ प्रतिष्पर्धा चलिरहेको छ । जसको कारण मलेसिया सेक्युरिटी गार्डमा जाने नेपाली कामदारको लागत बढीरहेको छ ।

काठमाडौं । मलेसियामा सेक्युरिटी गार्ड पदमा रोजगार नेपालीहरुले मात्र पएको अवसर हो तर त्यसको सदुपयोग नेपालले गर्न सकेको छैन । नेपाली सेक्युरिटी गार्डहरु मलेसिया जाँदा चर्को लागतको मार खेपिरहँदा सम्बन्धित पक्ष मौन छन् । बरु आरोप छ मलेसिया स्थित नेपाली दुतावासदेखिनै प्रतिकामदार डिमाण्ड प्रमाणीकरणको मोल-मोलाईको अवस्था छ ।

मलेसियाले नेपालीलाई मात्र अवसर दिएको एकमात्र अवसर हुँदा पनि यो क्षेत्रमा कसरी चर्को लागत तिरेर युवाहरु मलेसिया जान बाध्य छन् भन्ने प्रश्नको जवाफ न दुतावासले खोज्छ न श्रम मन्त्रालयलाई नै चासो छ । वैदेशिक रोजगार क्षेत्रमा जति बेथिति उति फाइदाको स्थितिले मोटाइरहेका निकायहरुले यसप्रति प्रश्न समेत उठाउन चाहदैनन् ।

पछिल्लो समय केहि समय बन्द भएर आंशिक खुलेको मलेसिया रोजगारमा एकाएक चर्को लागत अशुली बढेको विषयमा हेरे गुनाशोहरु प्राप्त भईरहेका छन् । श्रमिकहरूबाट खुलेआम बढी शुल्क असुलिँदा समेत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भने मुकदर्शक छ । वैदेशिक रोजगार बिभागको अनुगमन संयन्त्र प्राय निष्क्रिय बनाइएको छ ।

मलेसियाले हाल विश्वका १५ भन्दा बढी देशबाट आप्रवासी श्रमिक भित्र्याइरहे पनि सुरक्षा गार्डको हकमा भने नेपालीलाई मात्र प्राथमिकता दिएको छ । नेपालीप्रति मलेसियन सरकारको विश्वास र सम्मानका कारण उद्योग, निर्माण, प्रशासन, विमानस्थल, हाउजिङदेखि सरकारी संस्थासम्म नेपाली गार्डहरू कार्यरत छन् ।

मलेसियाले सेक्युरिटी गार्डको भर्तीका लागि निश्चित मापदण्ड तोकिएको छ । तर एजेन्टहरुले चर्को लागत उठाउने प्रयोजनमा अधिकांश म्यानपावरमा आउने डिमाण्डको जानकारी नियोजित रुपमा जान चाहने सबैमा पुर्याईदैन । यसरी इच्छुक सबैले डिमाण्डबारे जानकारी नपाउँदा रोजगारदाताले सम्बन्धित काममा कमजोर क्षमता भएकालाई पनि लगेको पाइएको छ । यस्ता अवसर एजेन्टहर्रुसँग जोडिएकाहरुले मात्र पाउने गरि संजाल बनाइएको छ । एजेन्ट संजालले जस्ता कामदार भेट्छन्, जसले चर्को लागत तिर्न तयार हुन्छन्, तिनै कामदारहरुलाई मात्र अन्तर्वार्तामा समावेस गराउने तथा अन्तर्वार्तामा पास गराउने काम भईरहेको पाइएको छ । यहि अस्वस्थ अवस्थाको कारण रोजगारदाताले क्वालिटीयुक्त कामदार क्रमश: पाउन छाडेको गुनाशो गर्ने गरेका छन् ।

सेक्युरिटि गार्ड पदका लागि पूर्वसैनिक पृष्ठभूमि भएका, अंग्रेजी भाषा जान्ने तथा स्थानीय भाषा जान्ने र न्यूनतम ५.४ इन्च उचाइजस्ता शर्तहरू छन् । तर, नेपालबाट यस्ता योग्यताका कामदार सहजै उपलब्ध नभएको व्यवसायीहरू बताउँछन् । तर यसको वास्तविकता फरक छ । एजेन्टहरुको कारण म्यानपावरमा आउने डिमाण्डहरुको सूचना आम युवाहरुमा पुग्दैन । पुगेपनि एजेन्टहरुकै माध्यमबाट पुग्ने गरेको छ । जसको कारण म्यानपावरले अशुल्ने भन्दा २० हजारदेखि १ लाखसम्म थप रकम अशुल्ने कार्यमा एजेन्टको सक्रियता छ ।

नेपालीले मात्र पाउने सेक्युरिटी गार्डको अवसरमा पनि नेपाली म्यानपावर व्यवसायीले डिमाण्ड किनेर ल्याईरहेको विषयमा सरकार मौन छ । जताबाट आएपनि नेपाली म्यानपावरकै पोल्टामा आउने डिमाण्ड किन्न किन व्यवसायी पुग्दैछन् भन्ने विषयको खोजि सरकार गर्दैन । यो बेथितिलाई मनपरी छोड्दा नेपालकै व्यवसायी-व्यवसायी बीच अस्वस्थ प्रतिष्पर्धा चलिरहेको छ । जसको कारण मलेसिया सेक्युरिटी गार्डमा जाने नेपाली कामदारको लागत बढीरहेको छ ।

त्यसो त मलेसियामा करिब ८०० भन्दा बढी सप्लाई कम्पनीहरूले सुरक्षा गार्ड भर्ना गर्ने जिम्मा लिएका छन् । ती कम्पनीहरूले कम मूल्यमा टेन्डर जित्न प्रतिस्पर्धा गर्दा कामदारले थोरै पारिश्रमिक पाउने र खानपानका लागि छुट्टै खर्च गर्नुपर्ने अवस्थामा बार्गेनिङ गरेर त्यहि डिमाण्ड नेपाली व्यवसायीलाई बेच्ने गरेका छन् । किनेर डिमाण्ड ल्याउँदा कामदारलाई त्यसको भार पर्ने गरेको छ । यताबाट आफ्नो म्यानपावरमा डिमाण्ड झार्न चर्को अस्वस्थ प्रतिष्पर्धा छ । मलेसियामा रहेका सप्लाई कम्पनीमा कतिपयमा नेपालीकै संलग्ताले नेपालका व्यवसायीसँग बार्गेनिङ चल्दा जुन व्यवसायीले प्रति कामदार बढी रकम दिन्छ उसैले उक्त डिमाण्डमा नेपाली कामदार पठाउन पाउने स्थिति छ । त्यसरी चर्को रकममा किनेको डिमाण्डमा कामदार पठाउँदा सर्कार्री पक्षले कहिँ-कतै हस्तक्षप गर्दैन । गरेपनि मिलिमतोमा सबै कुरा स्वीकार भईरहेको अवस्था छ । जसको कारण यो बेथिति घट्ने भन्दा बढिरहेको छ ।

मलेसियामा सेक्युरिटी गार्डमा जाने नेपालीहरुमाथि चर्को श्रम शोषण छ । नेपालबाट कागजी रुपमा दैनिक ८ घण्टा र सातामा ६ दिन काम गर्नुपर्ने भनि पठाइएको भएपनि मलेसिया पुग्ने सेक्युरिटी गार्डहरुले दैनिक १२ घन्टा र महिनाको पुरा दिन काम गर्नुपर्ने बिदा समेत नपाउने र कतिपयले बिरामी भएको अवस्थामा समेत तलब काट्ने गरेको गुनाशो गर्ने गरेका छन् । कडा परिश्रम गर्दा पनि सोचेजस्तो पारिश्रमिक नपाउने कयौं गुनाशो छन् ।

आंशिक रुपमा हाल मलेसिया रोजगार खुलेपछि हरेक दिन २०० भन्दा बढी नेपाली सुरक्षा गार्डहरू मलेसिया गईरहेका छन् । उनिहरूले रोजगारी पाउने आशामा रु ३ लाख देखि साढे ५ लाख तिर्न बाध्य छन् । जुन रकम धेरैले ऋण लिएर जोहो गरेका हुन्छन् । उता मलेसिया पुगेपछि उनीहरूको वास्तविकता अत्यन्तै पीडादायक छ । सातै दिन लगातार काम गर्नुपर्छ, कुनै बिदा हुँदैन र तलब पनि मलेसियाको कानुनी न्यूनतम तलबभन्दा कम पाईरहेका छन् । बासस्थान पनि अस्वस्थ र भीडभाडयुक्त छ ।

यस्तो अवस्था अन्तर्राष्ट्रिय श्रम मापदण्ड र नेपाल-मलेसियाबीच भएको सम्झौताको समेत उल्लङ्घन भईरहेको छ । नेपालको वैदेशिक रोजगार नीति अनुसार निःशुल्क भिसा र टिकट सुनिश्चित हुनुपर्नेमा त्यस्तो अवस्था छैन । नेपालमा पर्याप्त रोजगारीको अभाव, अवैध एजेन्टहरूको बढ्दो प्रभाव र सरकारी निगरानीको कमजोरीका कारण हजारौं श्रमिक शोषणमा परेका छन् ।

यो समस्या आजको समस्या भने होइन । बर्षौंदेखि यहि समस्यालाई देखेर पनि अनदेखा भईरहेको छ । सम्बन्धित देशमा रहेको दुतावास समेत यो विषयमा आवश्यकता अनुसार सक्रिय नभएको गुनाशो छ ।

म्यानपावर व्यवसायीहरुले यो स्थिति आउनुमा सरकारको मुख्य दोष रहेको बताइरहेका छन् । एक व्यवसायीले यसै सम्बन्धमा प्रश्न राख्दा भने ‘म अस्वस्थ प्रतिष्पर्धा गर्न चाहदिन । तर बाध्यता छ । म मात्र सहि भएर यो क्षेत्र सुध्रदैन । मन्त्रीदेखि कार्मचारी हुँदै दुतावास सुध्रिनुपर्छ । त्यसपछि उनीहरुले अस्वस्थ अवस्थाको सक्रिय अनुगमन संगै कारवाही गर्ने नीति लिनुपर्छ ।’ ति व्यवसायीले स्वीकारे ‘नेपालले मात्र पाएको अवसर सरकारी निकायको ध्यानाकर्षणको अभाव

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे