2026-09-24 04:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसिया सिन्डिकेटमा आफू संलग्न नरहेको मेडिकल व्यवसायी कैलाश खड्काको दावी

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा आएको समाचार र आरोपहरू प्रति खण्डन गरेका छन् ।

साझा सबाल मिडियाले सामाजिक संजाल मार्फत सार्वजनिक गरेको मलेसिया सिन्डिकेट सम्बन्धि पछिल्ला भिडियो रिपोर्टपछि व्यवसायी खड्काले खण्डन पठाउँदै भनेका छन्- ‘मेरो नाम लिँदै मलाई सिडिकेटरधारी भनिएको छ । म सिडिकेटरधारी होइन, म म्यानपावर व्यवसायी पनि होइन। यो विषयमा मेरो कुनै नियन्त्रण वा निर्देशन चल्दैन । आरोप लगाइएको विषयमा मेरो कुनै संलग्नता छैन । म नेपाल सरकारको नियम–कानुनअनुसार अनुमतिप्राप्त ३६ वटा स्वास्थ्य संस्थाहरूमध्ये एउटा स्वास्थ्य परीक्षण गर्ने संस्थाको सञ्चालक हुँ । वैदेशिक रोजगारका सम्बन्धमा श्रम ल्याउने वा कामदार पठाउने वा सिडिकेट गर्ने कार्यमा मेरो कुनै संलग्नता हुँदैन ।’

व्यवसायी खड्काले नेपाल स्वास्थ्य व्यवसायी महासंघ वैदेशिक रोजगारमा जाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण गर्ने व्यवस्थापनसँगै खडा भएको संस्था भएको समेत दावी गरेका छन् । मलेसिया बायो-मेडिकलमा सिन्डिकेट रहेको र सोहि गिरोहले मलेसियाको सिन्डिकेटधारीहरुसँग मिलेर मलेसिया रोजगारमा समेत सिन्डिकेट लगाउन भूमिका खेलेको विषय उठेको थियो । यसै सम्बन्धमा व्यवसायी खड्काले  मलेसिया मेडिकल गर्ने ३६ मेडिकल संस्थामा आफूले कुनै सिन्डिकेट नगरेको समेत दावी गरेका छन् । उनले भनेका छन् ‘यो कार्यमा कुनै पनि प्रकारको एकाधिकार भएको छैन ।’ व्यवसायी खड्काले उच्च र सर्वोच्च अदालतले समेत मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षणमा कुनै प्रकारको एकाधिकार नभएको अन्तिम फैसला गरिसकेको दावी गरेका छन् । उनले आफूप्रति लगाईएको आरोप कपोकल्पीत र भ्रामक दुश्प्रचार गर्ने उदेश्यले गरिएको खण्डन मार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी