2026-10-15 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कतारमा घुमफिर: चिया पकाउने बिसंखे अहिले ७०/७५ हजार बचाउँछन्

चिसाङ शेर्पा | माघ १०, खोटाङ | ‘नेपालमा साईकल समेत चलाउन आउदैन थियो अहिले ब्यस्त सडकमा गाडी गुडाउँन सक्ने भएको छु ।’ ठाउँमा परेपछि जुनसुकै काम पनि गर्न सकिने रहेछ, खोटाङ रावाबेशी गाउँपालिका लामिडाडाँ ३ भञ्ज्याङका बिनोद कुमार बिसंखेले कतारको दोहास्थित अल आरविया वाटर ओयासिस कम्पनीबाट आफ्नो बैदेशिक रोजगारीको अनुभव सुनाए ।

२०४३ साल पुस ११ गते लामिडाडाँ भञ्ज्याङमा बुबा एकराज सार्की आमा मनमाया सार्कीको कोखबाट जेठो सन्तानको रुपमा जन्मिएका बिसंखेले २०६० सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् । बिश्वज्योती मावि लामिडाडाँमा पढेका उनले ऐसेलुखर्कवाट एसएलसी परिक्षा दिएको बिगत बेलिविस्तार बताए । आर्थिक स्थिती न्युन रहेको परिवारमा आमावावा, दुई भाई र एक बहिनी रहेका छन् । 

 

आर्थिक स्थिती कमजोर भएकै कारण बिनोदले परिवारमा सल्लाह गरेर विदेश जाने निधो गरे । विवाह बन्धनमा कसिएका उनी परिवारलाई सुखसयलमा राख्ने ठूलो सपना बोकेर २०६१ सालमा कतार हानिए । एसएलसी पास गरेर पहिलोपटक पराई मुलुक छिरेका बिनोदले कतारमा दुईवर्ष ६ महिना वर्ष चिया पकाउने काम गरे । त्यहाँ चिया मात्रै पकाउन परेन फलतः गाडी चलाउनुपर्ने भो कम्पनीले केही महिना कामसँगै गाडी चलाउन सिकाए । पछि आफै गुडाउन जान्ने भए बिनोदले भने, बानी नपर्दा काम सारोगारो भएपनि आखाभरी आईरहने परिवारको सुनौलो खुशीका लागि अल जाबर त्रेनिङ एण्ड क्न्ट्रक्सन नामक कम्पनीमा चिया पकाउने काम र ड्राईभिङ गरेर स्वदेश फर्किए । 

पाँचवर्षमा कमाएको केही रकम लिएर घर फर्केका उनी त्यही परिवारको सपनाकै संसारमा थिए । २०६६ सालमा फेरि बहराईन पसे, त्यहाँ दुई वर्ष ड्राईभिङ गरे । नेपालमा साईकलसम्म नकुदाएका बिनोदले कतारपछि बहराईनमा २ वर्षमा परिपक्क ड्राईभर बनेर सधैका लागि बहराईनलाई छोडे ।

२०६७ सालमा दिपु्रङ गाउँपालिका टेम्मा ७ का मेनुका बिसंखेसँग विवाह बन्धनमा बाँधिएका उनीहरुको एक छोरी बोर्डिङ पढिरहेका छन् । कतार र बहराईनमा कमाएको पैसाले छोरी पढाउन र परिवार धान्न पुगिरहेको छ । अहिले कतारमा रहेकै कारण घरमा आमाबुबा दुई भाई र एक बहिनीलाई समेत बेलाबेलामा खर्च पठाउने गरेको उनले सुनाए ।  

बहराईन, कतार बसेका उनले एक हिसाबमा पराई मुलुकका रहनसहन बुझ्दै गए । धर्म, भाषा, संस्कृतीमा उनी परिपक्क हुंदै थिए । बैदेशिक रोजगारीमा जाने चक्कर झन मोह बन्दै गयो । अनि फेरि त्यही पेशामा २०६९ सालमा कतार आए । जिएसएस सेर्टिस कम्पनीमा दुईवर्ष ड्राईभिङ काम गरी स्वदेश फर्केर ६ महिनाअघि अल आरविया वाटर ओयासिस कम्पनीमा ड्राईभर काम गरिरहेको छु । उनले भने, ‘अहिले खाई खर्च कटाएर महिनाको ७०/७५ हजार बचत हुन्छ । बचत गरेको पैसाले घरखर्च र केही जग्गा खरिद गरेको छु ।’  

आगामी दिनमा नेपालमै सोही ड्राईभिङ पेशा अंगालेर जिविकोपार्जन गर्ने निधो गरेका बिनोदले भने, “गर्यो भने नहुने केही रहेनछ । हिजो चिया पकाउने म आज ड्राईभिङ गर्छु ।” तपाई पनि परिश्रम गर्नुहोस परिश्रमले नै सुख दिंदोरहेछ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन