2026-06-16 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

सप्तरीमा मेनपावरसँग भन्दा ‘एजेण्ट’सँग बढी आर्थिक कारोबार हुदा ठगिदै कामदार

2018-02-08

किरण भट्टराई / माघ २५, सप्तरी | जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय ‘एजेण्ट’सँग गर्ने गरेको पाइएको छ । 

वैदेशिक रोजगारीको क्रममा पीडित भएका र जाने तयारीमा रहेका अधिकांशले आफूले मेनपावरलाई नभई जिल्लाकै एजेण्टलाई पैसा बुझाएको बताएका छन् । 

डाक्नेश्वरी नगरपालिकाका कुशेश्वर मुखियाले मलेसियामा राम्रो काम र तलबको अवसर आएको भन्दै प्रलोभनमा पारेपछि खड्कपुर नगरपालिकाका दिलीपकुमार दासले उनलाई दुई वर्षअघि रु एक लाख ५० हजार दिनुभयो । विदेश जाने भन्दै पटक÷पटक काठामाडौँ पनि पुग्नुभयो । स्वास्थ्य परीक्षणलगायत प्रक्रिया पूरा गरेपनि उहाँको विदेश जाने मेलो भने मिलेन । पछि एजेण्टले मलेसियाको भएन, कतार पठाइदिन्छु भन्दै उहाँलाई झुलाइरह्यो । पछिल्लो डेढ वर्षदेखि एजेण्ट मुखिया सम्पर्कमा आउन छोडेको दास बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “डेढ वर्षदेखि उसको फोन पनि लाग्दैन, भेट पनि भएको छैन । उसको श्रीमतीले समेत दुई वर्षदेखि श्रीमान्सँग भेट भएको छैन भन्छिन् ।” उहाँजस्तै सुन्दर दाससँग पनि उनै मुखियाले मलेसिया पठाउने भन्दै रु एक लाख ५० हजार लिएका छन् । 

विदेश जानका लागि काठमाडौँमा आएर स्वास्थ्य परीक्षण गर्दा दास अनुतीर्ण हुनुभयो । एक महिना औषधि खाएर अर्को पटक जाँच गर्दा उत्तीर्ण होइन्छ भन्दै एजेण्ट मुखियाले उहाँलाई गाउँमा पठाए । त्यसपछि औषधि खाएर स्वास्थ्य परीक्षण गर्न खोज्दा पनि एजेण्ट मुखियासँग भेट हुन सकेको छैन । नत उहाँले रु डेढ लाख रकम फिर्ता पाउन सक्नुभएको छ । 

रुपनी गाउँपालिका– ६ वनपोखरीका अनिल यादव र उहाँका भाइ राम दयाल यादवलाई स्थानीय खेरबबानाका एजेण्ट मोहम्मद उस्मान मियाले रु एक लाख ४५ हजारका दरले रु दुई लाख ९० हजार लिएर मलेसिया पठाए । उहाँलाई अल्मुनियमको झ्याल ढोका बनाउने काम भनिए पनि मलेसिया पुगिसकेपछि फलाम काट्ने काममा लगाइयो । वैशाख २८ गते मलेसिया गएका उहाँहरु भनेअनुसारको काम नपाएपछि जेठ २९ गते नेपाल फर्किनुभयो । फर्कदा थप रु एक लाखभन्दा बढी रकम तिर्नुपर्यो । 

आफूहरुलाई पठाउने कलंकीस्थित खोजी मेनपावरमा गएर कुरा गर्दा पैसा जसलाई दिएको हो त्यहीसँग माग्नु भन्दै उहाँहरुलाई फिर्ता पठाइयो । एजेण्ट मियालाई भेट्दा अर्को ठाउँमा पठाइदिन्छु थप रु ५० हजारका दरले रकम तिर्नुपर्ने भने । उहाँहरुले विदेश नजाने भन्दै पहिले जाँदा लागेको रकम फिर्ता दिन आग्रह गर्नुभयो । 

एजेण्ट मियाले त्यसपछि उहाँहरुको फोन उठाउनै छाडे । अहिले सम्पर्ककमै छैनन् । सय कडा तीन ब्याज तिर्ने गरी ऋण लिएका उहाँहरुले ब्याज र साँवाले चेप्दै लगेको छ । 

यस्तै रुपनीकै जीतेन्द्र यादवले विदेश जाने भन्दै गत वैशाखमा रु एक लाख ५० हजार उस्मान मिया र आनन्द चौधरीलाई दिनुभयो । पछि घरायसी कारणले उहाँले नजाने बताएपछि रु ४९ हजार फिर्ता पाउनुभयो भने बाँकी रु एक लाख एक हजार अझै फिर्ता पाउनुभएको छैन । 

यी त भए प्रतिनिधि घटनामात्रै । जिल्लाबाट जाने प्रायः सबैले काठमाडौँ आउनु अघि नै एजेण्टलाई रकम दिने गरेका छन् । यसरी रकम दिँदा उनीहरुले कुनै कानूनी कागज गर्ने गरेका छैनन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ विशेष गरी मधेशी समुदायका व्यक्तिले विदेश जाँदा मेनपावरलाई भन्दा स्थानीय एजेण्टलाई बढी विश्वास मान्ने गरेको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “भाषाका कारण पनि होला, उनीहरुले गाउँघरतिरकै एजेण्टलाई पत्याउँछन् । हामीले पैसा माग्दा दिँदैनन्, एजेण्टलाइनै दिन्छु भन्छन् ।” 

नचिनेको मेनपावरका मान्छेभन्दा केही भइहालेमा स्थानीय एजेण्टसँग रकम उठाउन सजिलो हुन्छ भन्ने मनोविज्ञानले पनि काम गरिरहेको उहाँको भनाइ छ । सुरक्षित आप्रवास परियोजना (सामी)का जिल्ला संयोजक रामप्रवेश मण्डलले एजेण्ट गाउँघरकै हुने र पुरानो चिनजान हुने भएकाले विश्वासका कारण उसैलाई रकम दिने गरेको पाइएको बताउनुभयो । 

एजेण्टले पनि शुरुदेखि नै रकम आफैँलाई दिनुपर्छ भन्दै कामदारलाई फकाउने गरेको भेटिएको मण्डल बताउनुहुन्छ । यसरी विचौलियकासँग आर्थिक कारोबार गर्दा कानूनीरुपमा कामदार कमजोर बनिरहेको हुन्छ । कानूनीरुपमा कागज नगरेकै कारण उसले आफूले दिएको रकम फिर्ता पाउने सम्भावना न्यून रहन्छ । 

आफूले बुझाएको रकमको कागज गरेर मात्रै कामदारले मेनपावरलाई रकम बुझाउनुपर्ने सन्देश प्रवाहलाई सशक्तरुपमा पुर्याउन आवश्यक छ । सो व्यवहार कार्यान्वयनमा आउनसकेमा वैदेशिक रोजगारीसम्बन्धी ठगीका आधाभन्दा बढी समसया समाधान हुन सक्छन । कामदारलाई भोलि कुनै समस्या परेमा सहजै क्षतिपूर्ति र उद्धार हुनसक्ने सरोकारवाला बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ