2026-10-15 04:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पोल्याण्ड पठाईदिने भनि सयौं युवा ठग्ने ‘शरन’ दुवईमा मोजमस्ती गर्दै

चिसाङ शेर्पा | बैशाख २, खोटाङ | पोल्याण्ड पठाईदिने भन्दै सिन्धुलीका शरन बहादुर राईले खोटाङका एक ब्यक्तीको रु १ लाख नगद खाएर फरार भएका छन् । 

काठमाण्डौ वसुन्धारास्थित डेल्टा ईम्ल्पोइमेण्ट सर्भिस मेनपावरको बजार व्यवस्थापकको बहानामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला डाडाँका सागर तामाङसहित सयौ युवालाई ठगेर राई फरार भएका हुन् ।

गत भदौमा महिना दिन भित्रमा पोल्याण्ड उडाईदिने भन्दै डिपोजिट एकलाख लिएका मेनपावर व्यवसायी बनाउने राईले बर्ष दिन पुग्न लाग्दासम्म नउडाएपछि मेनपावरमा सोधपुछ गर्दा आफूसहित धेरै युवाहरु ठगिएको तामाङले काठमाण्डौबाट जानकारी दिए । 

पैसा बुझाउँदा बिल भर्पाइ मागे, महिना दिनमा उडाउँछु मेडिकल गर्नुहोस भनेर त्यतिकै टारे, बिश्वास पनि लागेको थियो । उहाँले भन्नुभयो, “पछि बुझ्दा मेनपावरसँग सम्बन्धित नभएको र फरार राई दुबाई पुगेको पत्ता लाग्यो ।”

फरार ठग अभियुक्त राई फेसबुकको माध्यमवाट दुबई पुगेको थाहा भएको छ । फेसबुककै माध्यमबमट पैसा फिर्ता माग्दा गाली बेईज्जत गर्ने, तथा अपशब्द प्रयोग गर्ने गरेको पिडितको भनाई छ । मेनपावरको नाम बेच्दै पैसा लिएको कुरा मेनपावरमा राख्दा आफूहरुले उक्त दलालाई नचिन्ने र कुनै सम्बन्ध नभएको भन्दै डेल्टा ईम्ल्पोइमेण्ट सर्भिसले गैर जिम्मेवारीपन देखाएको तामाङले बताए ।

पोल्याण्ड उडाई दिने भनेर सयौ युवाहरुको पैसा खाने दलाल दुबाई भएको भए पनि आफूहरुले केही गर्न नसकिएको व्यवसायीको षडयन्त्रमा परेका पिडितहरुको गुनासो छ ।े दलाललाई कानुन उपर कारवाही गर्न र आफूहरुको लगानी फिर्ता गरिनुपर्ने सम्बन्धित निकाय समक्ष उनीहरुको माग रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव