२२ कार्तिक २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वैदेशिक रोजगारीका नाममा यसरी बेचिन्छन् महिला

२१ जेष्ठ २०७५, सोमबार ०९:००

शेरबहादुर सिंह/जेठ २१, भीमदत्तनगर | वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर बिचौलिया (दलाल) को लागि सहज नाका बनेको छ । 

बर्षेनि सयौँ महिलालाई गड्डाचौकीलगायत यहाँका नाकाबाट उद्धार गरिरहेको माइती नेपाल कञ्चनपुरका अनुसार पछिल्लो समय भारत हुँदै तेस्रो मुलुक जाने भन्दै महिलालाई चलाखीपूर्ण ढंगले नाका कटाउने गरिएको छ । 

“हामीलाई नाकामा छल्न प्रायः महिला रोजगारीका लागि भारतको सिमला र आफन्त भेट्न दिल्लीसम्म जान लागेको भन्छन्”, माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भन्नुभयो, “दिल्ली र सिमला भन्ने प्रायः महिला तेस्रो मुलुक जान लागेका हुन्छन् ।” अधिकांश महिलालाई महिला दलालले नै भारत लैजाने गरेको पाइएको छ । 

स्थलमार्ग भएर भारतको राजधानी दिल्ली जाने सबैभन्दा कम दूरीको नाका भएकाले यहाँ मानव बेचबिखन निकै चुनौतीपूर्ण रहेको भट्टको भनाइ छ । पछिल्लो समय भारत हुँदै अवैध रुपमा बहराइन, दुवई, कुवेत, किर्गिस्तान, मलेसियालगायत मुलुकमा जाने क्रम बढेको छ । 

“पहिले जस्तो भारतकै कोठीमा बेचिने क्रम अलि कम भएको छ,” संयोजक भट्टले भन्नुभयो, “अहिले दलाल समूह युवतीलाई अनेकन प्रलोभनमा पारेर तेस्रो मुलुक पठाउने काममा बढी सक्रिय देखिन्छ ।” 

बिचौलियाको समूहबाट युवतीसँगै घरका अन्य सदस्य पनि विश्वासमा परेर महिलालाई दिल्ली हवाईमैदानसम्म पुर्याउन आफै जाने गरेका छन् । “सबै कागजात दिल्लीमै छ भनेर लगिन्छ”, उहाँले भन्नुभयो, “विश्वासमा परेर आफन्तहरु नै सीमा कटाउन संलग्न भएका धेरै घटना छन् ।” 

माइती नेपाल कञ्चनपुरले एक महिनामा १० देखि १२ महिलालाई सीमाबाट उद्धार गरिरहेको तथ्याङ्क छ । “हामीले कञ्चनपुरकै महिलालाई समेत केही समयअघि कुवेत जाने तयारी गरिरहेका अवस्थामा दिल्लीकै हवाईमैदानबाट उद्धार गर्यो”, उहाँले भन्नुभयो, “आर्थिक प्रलोभन, बेरोजगारी र गरिबीकै कारण महिला रोजगारीका नाममा दिनहुँ बेचिँदैछन ।” 

गड्डाचौकी नाका हुँदै रोजगारीका लागि भारत भएर तेस्रो मुलुक जाने महिला सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, रसुवालगायत जिल्लाका बढी रहेको माइती नेपाल कञ्चनपुरकी संयोजक भट्ट बताउनुहुन्छ । 

“आफन्तहरुले महिलालाई सीमा कटाउन खोज्दा हामीलाई निकै समस्या हुनेगरेको छ,” उहाँले भन्नुभयो, “बुबा, दिदी, काकाहरु नै थाहा नपाएर पुर्याउन हिँडेका हुन्छन् ।” उहाँले काठमाडौँ–दिल्ली, पोखरा–दिल्ली चल्ने बसका कारणसमेत दलाललाई सहज भएको बताउनुभयो । 

“यहाँबाट सोझै बस चल्न थालेपछि त दलाल दिल्लीबाटै सक्रिय हुन थालेका छन्”, उहाँले भन्नुभयो, “उद्धार गरिएका धेरै महिला दलालबाट आर्थिक प्रलोभनमा परी ठगिएका हुन्छन् ।” 

पछिल्लो पाँच महिनायता भारतको पञ्जावबाट एक महिलाको उद्धार गरिएको छ । भारतभन्दा तेस्रो मुलुकमै बढी महिला लगिन्छन् । नियन्त्रणका लागि सीमामा दरिलो संयन्त्र आवश्यक छ । माइती नेपालले गत वर्ष यहाँको सिमानाबाट २२ महिलाको उद्धार गरेको थियो । 

माइती नेपालमा महिलाको खोजतलासका लागि सन् २०१७ मा २०४ जनाको निवेदन परेको थियो । संयोजक भट्ट भन्नुहुन्छ, “ती मध्ये २८ जना मात्रै भेट्टिए, ५५ जना हराएको यस वर्ष निवेदन परेको छ ।” अहिलेससम्म १० जना मात्रै फेला परेका उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली राष्ट्रपति पौडेल स्वदेश फिर्ता मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले नेप्सेमा ११ अंकको गिरावट मारमा मौरीपालक किसान एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय अनौठो ‘स्काई केभ’ राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’ पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल