2026-10-15 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कुवेतमा नेपाली महिलाको अवस्था अज्ञात, मन्त्री विष्टको ध्यानाकृष्ट

प्रेम सुनार | असार १७, गुल्मी | गत साढे दुइ महिना देखि  कुवेतमा कार्यरत एक जना नेपाली महिलाको अवस्था अज्ञात रहेको छ । पाल्पाको तानसेन नगरपालिका वडा नम्वर–१२ को लुङकु गाउँकी २५ वर्षिया लाली बिकको अवस्था अज्ञात रहेको आफन्तजनले बताएका छन ।

दुई वर्ष अघि भारतको दिल्ली हुँदै कुवेदको एक घरमा काम गर्ने बिकलाई त्यस घर परिवारले यहाँ छाडेर अन्यत्रै गएको बताएको साढे दुई महिना देखि  परिवारजन संग फोन सम्पर्कमा समेत नरहेको गुल्मीको रुरु गाउँपालिका–१ , चिउरेक स्थित उनकी दिदी शान्ति बिकले बताईन ।

उनले भनिन्–‘त्यस अघि वहिनीले टेलिफोन सम्र्पक गरी राख्ने गरेको तर अहिले उनको फोन स्विचअफ भएपछि कुनै अप्रिय घटनाको भयले परिवारजन चिन्तित रहेकोले खोजीका लागि सञ्चार माध्यमको साहरा लिएका हौं  । ’

उनका अनुसार उनकी विहिनी बिकलाई कपिलवस्तु तौलिहवा–४ कि सकुन्तला भन्ने महिलाले दिल्लीबाट त्यस तर्फ पठाएकी थिईन् । चरम गरिवीका कारण उनि श्रीमान र चार वटी नावालिका छोरीहरु घर छाडेर उनि ऋण काढेर कुवेद उडेकी थिईन ।

अहिले सम्म उक्त ऋण तिर्ने पैसा समेत नपठाई वेपत्ता भएको परिवारजनले बताए । बिकको उद्धारका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको ध्यानकृष्ट गराउँदा उनले तत्काल आफ्नो सचिवालयलाई निर्देशन दिएर उनको खोजी र उद्धारका लागि पहल थाल्न लगाएका छन् ।

उनका स्वकिय सचिव गणेश श्रीपालीले भने–‘ मन्त्री ज्युको गम्भीर ध्यानकृष्ट भई निर्देशन  भएको छ । हामीले तत्काल अग्रसरता देखाउने भएका छौं । ’उनले वैदेशिक रोजगारमा रहेका जो कोही नेपाली विपदमा परेको भए यसै समाचारदाता मार्फत र सिधै मन्त्रालयमै फोन गरेर उद्धारका लागि आग्रह गर्ने सक्ने बताए ।

मन्त्री विष्टले उक्त मन्त्रालय सम्हाले लगत्तै विदेशमा विपदमा परेका नेपालीहरुको उद्धार भई सकेको छ ।  त्यहाँ मृत्यु हुने नेपालीहरुको शव तत्काल नेपाल ल्याउने र  एउटै मृतकका परिवारजनलाई २५ लाख सम्म राहत समेत उनले दिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु