2026-10-15 10:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

महोत्तरी: ऋण तिर्न विदेशिएका पति जब बाकसमा आए…

साउन १०, बर्दिवास | विदेश गएका पतिले कमाएर ल्याउने रकमले सबै आवश्यकता पूरा गर्ने महोत्तरी जिल्लाको भंगहा नगरपालिका–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले सँगालेकी सपना चकनाचुर भए जब उनका पति बाकसमा लास बनेर आए । 

साहुको ऋण तिर्ने, साना नानीहरुलाई नयाँ कपडा दिने र घरको आवश्यकता पूरा गर्ने सपना संगालेर सउदीअरब गएका पति गर्भु बाँतरको शव बाकसमा आएसँगै सियान्कीदेवीको सपना चकनाचुर भएको हो । 

गत जेठ ६ गते सउदीअरबमा सडक दुर्घटनामा मृत्यु भएका गर्भुको शव गत मंगलबार घर आएर उनको अन्तिम संस्कार पनि सम्पन्न भइसकेको छ । तर पराले झुप्रोको पिँढीमा बिलौना गर्दै ढलेकी सियान्की भने अझै उठेकी छैनन् । ‘आब कोन आधार स जियब्’ (अब के आधारले बाँच्ने होला) घरमा भेट्न आउने आफन्तसँग सियान्की यस्तै बिलौना गरिरहेकी भेटिन्छिन् । 

गरिबी, अभाव र अशिक्षा एवं सामाजिक चेतनाले पछि परेको तराईको आदिवासी दलित जातिका ४२ वर्षीय गर्भु दुई वर्षअघि रोजगारीका लागि सउदीअरब गएका थिए । गत जेठ ६ गते सडक दुर्घटनामा मृत्यु भएका उनको शव गतमंगलबार बाकसमा बन्द भएर घर आउँदा परिवारजनमात्र नभएर पूरै बाँतर बस्ती शोकमा डुबेको छ । 

गर्भुकी ठूली छोरीको बिहे भए पनि अरु चार सन्तानमध्ये कान्छा छोरा चार वर्षीय आशिक बाँतर भने बाबुको मृत्युबारे पूरै बेखबर छन् । “हमर बाबु चकलेट लतै” (मेरो बाबुले चकलेट ल्याइदिन्छन्) आफ्नै उमेरका साथीसँग खेल्न व्यस्त रहेका आशिक भनिरहेका हुन्छन् । 

विदेशमै मृत्यु भएका गर्भुका परिवारले पाउने सुविधा र क्षतिपूर्तिबारे अहिले यकिन नभएको भंगहा–४ का वडाध्यक्ष अशोककुमार महतोको भनाइ छ । अब गर्र्भुको क्रियाकर्म सकेर सोबारे पहल थालिने महतोले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु