2026-10-16 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बैदेशिक रोजगारः अधिंकास महिलाहरु अबैध ढंगबाट तेस्रो मुलुक जाँदै

जीवन बिष्ट | पुष ३, धनगढी | कैलालीका अधिकांस महिलाहरु अबैध ढंगबाट तेस्रो मुलुक जाने गरेको पाइएको छ । बिगत ८ बर्षमा करिब ६ हजारले जिल्ला प्रशासन कार्यालय कैलालीबाट राहादानी बनाएपनि ८ सय ६ जना मात्रै श्रम स्वीकृत लिएर रोजगारीमा गएका छन् । 

राहादानी बनाएकाहरु मध्ये ठूलो संख्यामा महिलाहरु भारत हुदै तेस्रो मुलुक गएको हुन सक्ने आशंका गरिएको छ । 

आर्थिक बर्ष २०६७/६८ देखी हाल २०७५÷७६ सम्म ८ बर्षको अवधीमा हजारले जिल्ला प्रशासन कार्यालय कैलालीबाट ४५ हजार ८ सय १६ पुरुष र ५ हजार ९ सय ५६ महिलाहरु गरी जम्मा ५१ हजार ७ सय ७२ जनाले राहदानी बनाएको मा ३६ हजार ६४ पुरुष र ८०७ महिला गरी ३६हजार ८सय ७१ जनाले श्रम स्वीकृती लिएर गएको पाईएको छ । राहदानी लिएका अन्य अवैध बाटो हुदै तेस्रो मुलक गएको हुन सक्ने आशंका गरीएको छ ।कैलाली प्रशासनबाट राहदानी बनाएका हरु मध्ये पुरुषको तुलनामा महिलाहरु अवैध बाटो हुदै तेस्रो मुलुक जानेगरेको पाइएको छ ।तर कति महिलाहरु अबैध ढंगले बैदेशीक रोजगारीमा गए भन्ने तथ्यांक भने कुनै पनि निकाय संग छैन । 

अधिंकास महिलाहरु बैदेशीक रोजगारीमा जान खुल्न नचाहने गरेका कारण लुकी छिपी तेस्रो मुलुक गइरहेका छन् । खुल्न नखोजेकै कारण महिलाहरु तेस्रो मुलुकमा समस्यामा पर्ने गरेको आप्रवासी कामदार हकहित संरक्षण मञ्चका अध्यक्ष नारायण बिश्वकर्माले बताउनु भयो ।बैदेसीक रोजगारमा अधिंकाश महिलाहरुले दुःख पाइरहेको बताउदै उहाले अवैध बाटोबाट गएका महिलाहरुको उद्धार गर्न सक्ने अवस्था समेत नरहेको जानकारी दिनु भयो ।साथै उहाले स्थानिय सरकार सञ्चालन ऐनमा बैदेसिक रोजगारका समस्या समेटीनु पर्ने बताउनु भयो ।यस्तै सुरक्षीत आप्रवासन परियोजनाका पञ्चराम चौधरीले सिप सिकेर,श्रम स्वीकृति लिएर मात्रै बैदेसीक रोजगारीमा जान आग्रह गर्नु भएको छ ।

साथै उहाले महिला बिदेस जानु हुन्न भन्ने समाजको नराम्रो सोचाइका कारण नै महिलाहरु बाध्यताले ज्यान जोखीममा राखेर तस्रो मुलुक पुग्ने गरेको धारणा राख्नु भयो ।सिप सिकेर र नसिकेरै बिदेस गएका हरुको तलव, सेवा सुविधा धेरै फरक रहेको बताउलै उहाले सिप नसिकेरै गएका हरु समस्यामा पर्ने गरेको जानकारी दिनु भयो ।

सन २०१४ फ्रेबुअरी देखी सञ्चालनमा आएको सुरक्षित आप्रवासन परियोजना मार्फत हाल सम्म २सय २४ जनाले मात्रै निःशुल्क सिप सिकेको उहाले बताउनु भयो ।

सुरक्षीत आप्रवासन कैलालीले आप्रवासी कामदार र तिनका परिवारहरुलाई स्वदेशमा र बिदेशमा विभीन्न सेवा प्रदान गरिरहेको छ ।यस आर्थिक बर्ष देखी नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत स्थानिय सरकार मार्फत सञ्चालन गर्ने तयारी रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु