2026-09-25 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोन लिन आवेदन दिनेहरु वोर्डको सिफारिस लिएर बैंक जानुस्

वैशाख १०, काठमाडौँ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बिदेशबाट फर्किएकाहरुले पाउने सहुलियत कर्जाका लागि बैंकहरुमा सम्पर्क गर्न आग्रह गरेका छन् । बैदेशिक रोजगार एप मार्फत प्राप्त भएका जिज्ञासाको जवाफ दिंदै श्रेष्ठले सहुलियत कर्जा वोर्डले नभई बैंकले दिने भएकोले बैंकमा नै सम्पर्क गर्न आग्रह गरेका हुन्  । 

विदेशबाट फर्किएकाहरुलाई लक्षित गरि वोर्डले गत पुसमा सहुलियत कर्जाका लागि आवेदन खुला गरेको थियो । सो अवधिमा कुल १८ हजार ७ सय ६७ युवाले आवेदन दिएका थिए । फर्म लिएपछि वोर्डले कुनै जानकारी नदिएको भन्दै तिनै आवेदन दिने युवाहरुले आफूले बुझाएको आवेदन के भयो, ऋण कहिले पाइएला ? भनेर बैदेशिक एप मार्फत जिज्ञासा टिपाएका छन् । तर आवेदन फर्म भर्ने बेलामा नै लोन वोर्डले नभई बैंकले लोन दिने भनेर उल्लेख गरिएको थियो । त्यस विषयमा आवेदकहरु नै जानकार नहुँदा अहिलेको अवस्था आएको निर्देशक श्रेष्ठ बताउँछन् । 

बोर्डले कसैलाई निरास बनाएर पठाएको छैन श्रेष्ठले भने “वोर्डमा सिफारिस लिन आउनेहरुलाई  उनीहरुको नाम, पासपोर्ट नम्बर सूचीकरण लिष्ट अनुसार प्रमाणीकरण गरेर पठाएका छौं, उनीहरु आँफै बैंकमा गएर कुरा गर्ने हो।”  वोर्डमा आवेदन दिएकै भरमा लोन नपाउने श्रेष्ठले बताए । उनले भने “बैंकलाई चित बुझाउने काम उनीहरुकै हो, लिने उनीहरु दिने बैंक, दुई पक्षविच सहमति भएर नै लोन दिने त हो ।”   

राष्ट्र बैंकले  शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, व्यवसायिक कृषि क्षेत्रमा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ यथाशीघ्र लागू गराउन बैंक तथा वित्तीय संस्थालाई गत पुसमा नै निर्देशन दिएको थियो। सोहि अनुरुप केहि ‘क’ वर्गका बैंकले लोन सेवा दिन थालिसकेका जनाएका छन् । प्रभु बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक लगाएतले सहुलियत कर्जा सेवा दिइरहेको सझासबाललाई जानकारी दिएका छन् । तसर्थ लोन लिनका लागि बैदेशिक रोजगार वोर्डमा सूचीकरण भएको सिफारिस पत्र लिएर जुन कुनै क वर्गका बैंकमा गएर निवेदन दिन सकिन्छ । 

वाणिज्य बैंकहरुले उनीहरुको व्यवसायको योजना हेरेर बढिमा १० लाख रुपैयाँसम्म ऋण दिनेछन्। वैदेशिक रोजगारीबाट फर्की स्वदेशमै केही गर्न चाहनेहरुलाई सरकारले सहुलियत दरमा कर्जा दिन चालु आर्थिक वर्षको बजेटमार्फत सार्वजनिक गरेको थियो। कर्जाका लागि आवेदन दिनेहरु कुनै पनि देशमा रोजगारी गरेको कम्तिमा ६ महिना र वैदेशिक रोजगारीबाट फर्किएको तीन वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ । यस्तो कर्जा विदेशको आवासीय अनुमति पत्र लिएकाहरुले भने पाउने छैनन् ।

लोन लिन डकुमेन्ट के के चाहिन्छ ?

  • पासपोर्टमा भिषा लागेको प्रमाणित प्रतिलिपि 
  • आंफुले विदेशमा काम गरेको अनुभव खुल्ने कागजात 
  • बिदेशमा गरेको काम नेपालमा नै गर्न लागेको बारे खुल्ने परियोजनाको विवरण 
  • लोन आवेदन फर्म बैंकमा भर्ने  
  • व्यक्तिगत प्यान नम्बर (स्थायी लेखा नम्बर) वा कम्पनी दर्ता भए कम्पनीका अध्यावधिक भएका विवरण 
  • बैदेशिक रोजगार वोर्डमा सूचीकरण भएको सिफारिस पत्र 
  • सहुलियत कर्जा हो भन्ने खुल्ने निवेदन बैंकमा नै गएर भर्ने 
  • अन्य थप  जानकारी सम्बन्धित बैंकबाट बुझ्न सकिन्छ 

यो पनि पढ्नुहोस् 

प्रभु बैंकको कर्जा योजना : विदेशबाट फर्केका व्यक्तिले १० लाख रुपैयाँसम्म विनाधितो ऋण पाउने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक