2026-10-16 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलिदेखि बैदेशिक रोजगारीमा जाने कामदारको उडान ठप्प !

मनोज पराजुली | जेठ १६, काठमाडौं । बैदेशिक रोजगारीका लागि विदेश जाने कामदारहरुको उडान भोलिदेखि ठप्प हुने भएको छ । सरकारले आफ्ना ६ बुंदे माग सम्बोधन नगरेपछि नेपाल बैदेशिक रोजगार व्यवसायी संघले भोलिबाट बैदेशिक रोजगारीको उडान ठप्प पार्न लागेको हो ।

व्यवसायी संघले जेठ ३ गते वृहत व्यवसायी भेलामार्फत निर्णय नै गरेर ६ बुंदे माग सम्बोधन नभए जेठ १७ देखि २३ गतेसम्म बैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरेका थिए । सोहि भेलाको निर्णय अनुरुप नै व्यवसायीले एक हप्ताको लागि विदेश जाने कुनै पनि कामदारको टिकट नलिएको संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनाले बताए । 

सरकारलाई दिएको समयसीमा भित्र आफ्ना माग सम्बोधन नभएका कारण पुर्व निर्धारित कार्यक्रम अनुरुप नै बैदेशिक रोजगारीको उडान ठप्प पार्न लागिएको भान्तनाले  बताए । संघले सरकारलाई दिएको समयसीमा भित्र माग सम्बोधन भएको छैन, भान्तनाले भने “सरकारलाई आफ्ना मागबारे ध्यानाकर्षण गराउन पनि आन्दोलनका कार्यक्रम जारी रहन्छ ।” सरकारले चाहेमा आन्दोलनका कार्यक्रमका विचमा पनि सरकारसंग छलफल गर्न तयार रहेको उनले बताए ।

व्यवसायीले कामदारको टिकट नलिएपछि भोलिबाट १ हप्ताका लागि बैदेशिक रोजगारीमा जाने कामदारहरुको उडान नै रोकिन लागेको हो । तर उडान रोक्नेबारे कतिपय व्यवसायी भित्र नै एकमत नरहेका कारण एक हप्ताको लागि सबै कामदारको उडान नै ठप्प हुनेछ भन्ने अवस्था देखिंदैन । व्यवसायीका साझा समस्या बारे आवाज उठाउँदा सबै व्यवसायीले साथ दिनेमा आशावादी रहेको भान्तना बताउँछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले माग पूरा गरिदिन प्रधानमन्त्री समक्ष लिखित निवेदन समेत दर्ता गराइसकेका छन् । तर पनि सो मागपत्रबारे हालसम्म कुनै सम्बोधन भएको छैन । संघले प्रधानमन्त्री कार्यालयमा बुझाएको निवेदनमा श्रममन्त्री विष्टले आफ्ना माग पूरै वेवास्ता गरेकाले श्रममन्त्रीलाई निर्देशन दिन माग गरेको थियो ।

व्यवसाय गर्ने इजाजत लिन राख्ने धरौटी रकमको व्याज पाउने व्यवस्था गर्नुपर्ने, मर्जर हुने संस्थाहरुलाई उपयुक्त छुट, सुविधा र सहुलियत दिनुपर्ने, मन्त्रालयमा सुचिकृत मेडिकल संस्था मार्फत मलेसियामा नेपाली कामदार पठाउने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेको थियो । तर श्रम मन्त्रालयले व्यवसायीका मागबारे हालसम्म सुनुवाई गरेको छैन ।  

७ दिन उडान ठप्प पार्दा पनि सरकारले वेवास्ता गरे विरोध, संघर्ष र असहयोगका थप कार्यक्रम मार्फत अनिश्चित कालका लागि बैदेशिक रोजगार बन्द गर्ने चेतावनी व्यवसायीले दिसकेका छन् । 

>> ‘बैदेशिक रोजगार‘ मोबाइल एप डाउनलोड गर्नुहोस् 

जेठ १७ गतेदेखि म्यानपावर व्यवसायीले कुनै कामदारलाई विदेश नउडाउने घोषणा (भिडियो सहित)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु