2026-09-25 07:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको जेलमा रहेका तामाङ्गको परिवार सम्पर्कमा, नेपाल ल्याउने पहल हुँदै

मनोज पराजुली । पुस ३, काठमाडौं । मलेसियाको जेलमा रहेका सोमकुमार तामाङ्गको परिवार सम्पर्कमा आएका छन् । सोमकुमारको बारे संचार माध्यममा समाचार प्रकाशित भएपछि उनको परिवार सम्पर्कमा आएको बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए ।

उदयपुर जिल्ला, साविक मयखु वडा नं ३ (हाल कटारी न.पा. वडा नं १३, बरबास) निवासी धनबहादुर तामाङ्गका छोरा रहेछन् उनी । अनलाइनमा प्रकाशित समाचारबाट थाहा पाएर उनका भाइ राजकुमार पोखराबाट विभाग पुगेका हुन् । सोमकुमारका अन्य तस्वीरहरु र उनकी श्रीमती तथा छोरीको समेत तस्वीर देखाएपछि सोमकुमार उनको परिवारका सदस्य भएको पुष्टि हुने आधार देखिएको भुसालले बताए ।

उनका भाइले दिएको जानकारी अनुसार बाबु नेपाली सेनाका अवकाशप्राप्त व्यक्ति। सोमकुमारले भनेजस्तो रातारात घरबाट काठमाडौ आएर उडेका होइन रहेछन् तामाङ्ग । उनका भाइले साझा सबालसंग भने “घरबाट १२ वर्षको उमेरमा नै कामको खोजीमा हिंडेका हुन्, ५ वर्ष पछि घर गएका थिए, त्यस पछि पुन १७ वर्षकै उमेरमा नै उमेर बढाएर पासपोर्ट बनाई विदेश गएका हुन् ।” विदेश गए पछि लागेको ऋण पनि तिरेका थिए, तर त्यसपछि कम्पनी परिवर्तन भएकोले सम्पर्क भएन, दाई राजकुमारले भने’ पहिले फोन पनि गर्थे, तर जब सम्पर्क टुट्यो त्यसपछि केहि जानकारी पाइएन ।’

२०६४ सलामी मलेसिया गएको उनका भाईले बताए । पछि क्रमशः सम्पर्क हराउँदै गएको उनले बताए । विदेशी केटी बिहे गरेको भन्ने सम्म जानकारी पाएको उनका भाइले बताए । गत वर्ष मलेसिया जाँदा भेट भएको बताएका भाईले दाइलाई घर जाउँ भन्दा नेपाली भाषा जान्दिन, घर जाने पैसा छैन, भाई भनेका उनका भाइले स्मरण गरे ‘न्युजमा दाइको बारे जानकारी आएपछी कोरियाबाट फुपुको छोरीले जानकारी दिएपछि आंफुले थाहा पाएको उनले बताए । ९ महिना अगाडी सम्पर्क भएका भाइ पुन सम्पर्कमा ल्याई घर ल्याउने प्रक्रिया शुरु हुँदा खुसि लागेको उनका भाइले बताए ।

“एकदम वेवारिस जस्ता भएका सोमसँग कसैको सम्पर्क हुनसकेको थिएन। हामीले उनलाई उनको आफन्तसँग सम्पर्क गराउन सक्यौं। राजदूतावासका मित्रहरुलाई यसमा धन्यवाद दिनै पर्छ। त्यहाँसम्मको तारतम्य उहाँहरुले मिलाउनु भयो।” डा. भुसालले भने ।

अब उनको पासपोर्ट वा नेपाली नागरिकताको प्रतिलिपि खोजेर पठाउन भनिएको भुसालले बताए । कुनै एउटा कागजात प्राप्त भएपछि हामी मलेशियास्थित नेपाली राजदूतावासमा पत्राचार गर्नेछौं। आशा गरौं छिटै सोमकुमारको पुनर्मिलन आफ्नो परिवारसँग हुनेछ भुसालले खुसि हुँदै भने ‘कति कुरा साना लाग्ने तर अति उच्च महत्वका हुन्छन्। धन्यवाद फेसबुक! धन्यवाद मिडियाका मित्रहरु!’

मलेसियाको जेलमा अचम्मका सोमकुमार तामाङ्ग, चिन्नुहुन्छ भने खबर गर्नुहोला

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक