2026-09-19 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

वैदेशिक रोजगारको प्रलोभन देखाई भारत लैजादै गर्दा दुई युवतीको उद्धार

माघ १७, झापा | नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । पोखरेललाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाई अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । 

अभियुक्तले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया युवतीलाई भारतमा रु २२ हजारको जागिर लगाइदिने प्रलोभन देखाई लैजाँदा गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट साना हातहरु नेपाल नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार  गरेका थिए । उद्धार गरिएका युवतीलाई संस्थाको संरक्षणगृहमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ