2026-10-16 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माल्टा पठाउने भन्दै डेढ करोड ठगि : ४१ म्यानपावर माथि अनुसन्धान हुँदै (सूचीसहित)

मनोज पराजुली। माघ २९, काठमाडौं। वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिने नाममा ४१ म्यानपावर कम्पनीले १ करोड ६५ लाख भन्दा बढी ठगि गरेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको छ। वैदेशिक रोजगार विभागमा १ वर्षको अवधिमा माल्टा पठाउने नाममा म्यानपावर कम्पनीबाट नै ठगिएको भन्दै पीडितहरुले उजुरी दिएका विभागले जानकारी दिएको छ ।

म्यानपावर कम्पनीले संस्थागत रुपमा मात्र श्रमिक विदेश पठाउन पाउंछन् तर अधिकांश कम्पनीले व्यक्तिगत श्रम स्वीकृतिमा नै विदेश पठाउने भन्दै श्रमिकसंग शुल्क लिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको विभागले जनाएको छ । उजुरी परेका मध्ये केहि म्यानपावर कम्पनीले मात्र डिमाण्ड पुर्व स्वीकृति लिएका र अन्यले व्यक्तिगत श्रम स्वीकृतिमा नै पठाउने भन्दै रकम कारोबार गरेको पाइएको विभागले जानकारी दिएको छ ।

यी हुन् संलग्न म्यानपावरहरु  

माल्टाका लागि भन्दै सबै भन्दा धेरै ठगीको उजुरी इगल ओभरसिज प्रा. लि विरुद्ध परेको छ । इगलले मात्रै १ करोड २२ लाख भन्दा बढी ठगि गरेको उजुरी परेको विभागले जनाएको छ । एन एस ओ कन्सल्ट प्रा. लि ले ३ लाख, भेरी ओभरसिज प्रा. लिले १ लाख, अल कौसल ह्युमन रिसोर्सले २ लाख, भेरी ओभरसिजले १ लाख ठगि गरेको उजुरी परेको छ ।

त्यस्तै साधना इन्टर्नेशनल प्रा. लिले ४ जनाबाट ५ लाख २५ हजार ठगी गरेको उजुरी परेको छ। गण्डकी ओभरसिज कन्सन प्रा. लिले २ लाख एक हजार,  सिमाना इन्टर्नेशनल प्रा. लिले ३ लाख, ह्याइट पर्ल रिक्रुटमेन्ट प्रा. लिले ४ लाख ठगि गरेको उजुरी विभागमा परेको छ । त्यस्तैगरी डन इन्टरनेशनल ग्रुपले ९ लाख १ हजार, सिद्ध ग्लोबल प्रा. लिले १ लाख ५० हजार, हेल्प ओभरसिजले ४ लाख ५८ हजार, क्यापिटल रिक्रुटमेन्ट सर्भिसले १ लाख, ब्लुमुन ओभरसीज नेपाल प्रा. लि ले २ लाख ४० हजार, सुलभ रिक्रुटमेन्ट प्रा. लिले २ जनाबाट ३ लाख ठगि गरेको उजुरी परेको छ । 

इम्पावर ओभरसिजले १ लाख ६० हजार, वर्ल्ड फेवर ओभरसिज प्रा. लि १ लाख ४५ हजार, स्काई ब्रिज ओभरसिज प्रा. लि १ लाख, के एच एम रिक्रुटमेन्ट सर्भिस प्रा. लिले १ लाख, फ्रन्टलाईन रिक्रुटमेन्ट प्रा. लिले १ लाख, कालिकोट ओभरसिज प्रा. लिले १ लाख ठगि गरेको उजुरी परेको छ। ग्लोबल एलाइन्स कन्सल्टेन्सी प्रा. लि ५ लाख ५८ हजार, म्यानपावर रिक्रुटमेन्ट नेपाल प्रा. लिले २ लाख ६० हजार ठगि गरेको भन्दै पीडितले उजुरी दिएका छन् । इगल ओभरसिज, एन एस ओ, भेरी ओभरसिज, सिमाना इन्टर्नेशनल, डन इन्टरनेशनल र कालिकोट ओभरसिज हाल खारेजीमा परेका छन् । 

छानविन गर्दैछौं : विभाग 

विभागमा उजुरी परेका मध्ये केही म्यानपावरको छानवीन सकिएपनि अझै केहि म्यानपावरको कामबारे अनुसन्धान जारी रहेको विभागले जानकारी दिएको छ । म्यानपावर पनि व्यक्तिगत श्रम स्वीकृति निकाल्ने काममा जोडिएमा त्यस्ता म्यानपावर विरुद्ध अदालतमा मुद्धा दायर गर्ने गरिएको विभागका निर्देशक भोलानाथ गुरागाईं बताउँछन् । विदेश जान लागेका कामदारले शुरुमा आँफैले काम गरेको हो भन्ने तर समस्या परेपछि मात्र म्यानपावर कम्पनीको नाम जोड्ने गरेको कारण पनि अनुसन्धानमा समस्या आउने गरेको उनले बताए । 

एसएलसी फेल भएकाबाट मास्टर डिग्री पास भएकाहरु ठगीएका भन्दै विभाग आउने गरेका छन् यसलाई के भन्ने ? भुसालले भने ‘यस्तै गुनासालाई सुधार गर्न विभागबाट छिट्टै थप सचेतनामुलक खालका कार्यक्रम चलाउने तयारी पनि गरेका छौं तर निर्णय भएको छैन ।’

उजुरी परेका म्यानपावर कम्पनीहरु 






म्यानपावर कम्पनीहरुद्वारा क्यानाडा पठाउने भन्दै लाखौँ ठगि, के हुन्छ कारवाही ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु