2026-10-17 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

११ वटै स्थानीय तहको उच्च सतर्कता

चैत २१, दैलेख | कोरोना भाइरसको महामारीबाट जोगिन ११ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् । अति आवश्यक काम लिएर सरकारी कार्यालय प्रवेश गर्ने जोकोहीलाई साबुनपानीले हात धुन लगाइएको छ । भाइरस सङ्क्रमण हुन नदिन स्वास्थ्य जाँच गर्नाका साथै सङ्क्रमणबाट बच्न गाउँगाउँमा जनचेतना फैलाइएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार आपत्विपद्का लागि नारायण नगरपालिकाले रामपुरमा रहेको नारायण क्याम्पसलाई १०० श्ययाको कारेन्टाइन बनाएको  छ  । तर्ताङ्गमा रहेको सरस्वती माविलाई आइसोलेसन कक्ष  बनाइएको छ । ११ वटै पालिकाको सम्भाजित खतरालाई मध्यनजर गर्दै कोरोनाविरुद्ध लड्नका लागि ७०९ श्ययाको क्वारेन्टाइन र ७४ आइसोलेसन कक्ष तयारी अवस्थामा राखेर जनचेतनालाई त्यसरी नै तीव्रता दिएको छ । रातदिन नभनी स्थानीय पालिकाको अवस्थालाई निहालेको प्रमुख कट्टेलले बताउनुभयो ।

अछामको सिमाना पर्ने आठबिस नगरपालिकाकोे राकम कर्णाली बजारमा रहेको हेल्थ डेस्कमा पनि जाँचमा कडाइ गरिएको छ । कोरोनाको सम्भावित समस्या भएको खण्डमा तुरुन्त आफूलाई जानकारी दिन र  बिरामीलाई आइसोलेसनमा राखेर उपचार गराउन भनेको प्रमुख कट्टेलले बताउनुभयो ।

स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डानिरञ्जन पन्तले नौमुलेको प्रवेशद्वार तामेमार डुङ्गेश्वर गाउँपालिकामा गरी जिल्लाका मुख्यमुख्य पाँच स्थानमा हेल्थ डेक्स स्थापना गरिएको बताउनुभयो । आपत्कालीन उपचारका लागि स्वास्थ्य कार्यालय दैलेखमा १४  र इन्द्र दल गुल्मले चार गरी १८ आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको प्रमुख पन्थले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दैलेखद्वारा १५ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । प्रहरीले निर्माण गरेको क्वारेन्टाइनमा सुरक्षाकर्मी र समस्या उत्पन्न भएका आम नागरिकलाई पनि उपलब्ध गराइने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर वलीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु