2026-09-05 02:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट दैनिक ३५ सय सम्म नेपालीहरु स्वदेश ल्याइने, फर्किन चाहनेले यसरी टिपाउनुहोस नाम

जेठ १६, काठमाडौं । सरकारले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकिकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो।

मन्त्रिपरिषदको १२ जेठको बैठकले अप्ठ्यारोमा परेका नागरिकको उद्धार गर्ने नीतिगत निर्णय गरेको थियो । त्यसअनुसार समितिले ककसलाई कुन चरणमा उद्धार गर्ने भन्ने कार्ययोजना बनाएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए । 

को को पर्छन् प्राथमिकतामा ? 

आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्‍न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजकिरिया गर्न आउनुपर्ने अवस्थाका व्यक्तिलाई फर्काउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बताएका छन् । 

यस्तै श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई स्वदेश फर्काइने उनले बताएका छन्।  यस्तै कोरोनाबाहेक गम्भीर स्वास्थ्य समस्या भएका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक, अध्ययन तथा तालिममा गएर अड्किएका सरकारी कर्मचारी, अध्ययन सकिएका विद्यार्थीहरु तथा कलेज बन्द भएर वा संक्रमणका कारण फर्किनुपर्ने अवस्थामा पुगेका विद्यार्थीहरु, पारिवारिक पुनर्मिलनका लागि गएका, पर्यटक तथा व्यापारिक भिसामा गएर अड्किएकाहरुलाई पनि उद्धार गरिनेछ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकारको छलफलले दैनिक ३ हजार देखि ३५ सय नेपालीलाई स्वदेश फर्काउन सक्ने निष्कर्ष निकालेको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले नेपाल सरकारसँग भएको वार्ता र छलफल अनुसार दैनिक ३ हजार देखि ३५ सय सम्म नेपालीहरु स्वदेश फर्काउन सकिने निष्कर्ष निकालिएको जानकारी दिएको संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिएका छन् ।

नाम टिपाउनु अनिवार्य 

स्वदेश फर्किनका लागि सरकारी सेवामा रही तालिम वा अध्ययनका लागि विदेशमा रहेका नागरिकले सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाउनुपर्ने छ। सरकरले सम्पूर्ण देशबाट विवरण प्राप्त भएपछि नेपाल वायु सेवा निगम वा नेपालका अन्य वायु सेवा निगमबाट उनीहरुको उद्धार गर्नेछ । प्राप्त विवरण पहिचान गरी परराष्ट्रमन्त्रालयले त्यसको सूची संस्कृति, पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयलाई दिनेछ । पर्यटन मन्त्रालयले हवाई उडानको व्यवस्था गरेर उनीहरुलाई नेपाल ल्याउने छ।

पैसा तिरेर होटलमा बस्न पाइने

विदेशमा रहेका नेपालीको उद्धारमा नेपाल वायुसेवा निगमको जहाजलाई प्राथमिकता दिइनेछ । त्यसपछि नेपाली वायुसेवा कम्पनी र विदेशका चार्टर्ड विमान हुनेछ । हवाइ भाडा कतिपयको सम्बन्धित कम्पनी वा व्यक्ति आफैंले तिर्नुपर्नेछ भने केहीको सरकार आफैंले व्यहोर्नेछ ।

कार्ययोजना अनुसार विदेशबाट उद्धार गरिने हरेक व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । यसमा होटल क्वारेन्टिनमा बस्ने वा सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा जाने विकल्प हुनेछ । होटल क्वारेन्टिनको व्यवस्थापन संकृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गर्नेछ । १४ दिन क्वारेन्टिनमा बसेपछि कोरोना परीक्षण गरेर घर जान पाउनेछन् ।

स्थानीय तहको क्वारेन्टिनमा जानेहरुलाई प्रदेशअनुसार तोकिएको होल्डिङ प्वाइन्टमा राखिनेछ । र, सातै प्रदेशका लागि फोकल पर्सन तोकिएका मन्त्रीहरुले सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरेर उनीहरुलाई पठाइने छन् । उनीहरु स्थानीय तहको क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्छ । 

फोकल मन्त्री तोकिए ?

विदेशबाट ल्याइएका नागरिकलाई प्रदेशगत रुपमा छुट्याएर क्वारेन्टिनमा पठाउन सातै प्रदेशमा एक एक जना संघीय सरकारका मन्त्रीलाई जिम्मा दिइएको छ । तोकिएका मन्त्रीले आफ्नो जिम्मेवारीभित्रका जिल्ला र स्थानीय तहसँग समन्वय गर्नेछन् ।

संघीय सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलाई संयोजनको जिम्मेवारी दिएको छ । त्यस्तै प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, वाग्मतीमा महिला वालवालिकामन्त्री पार्वत गुरुङ, गण्डकी प्रदेशमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्नेछन् ।

मलेसियामा रहेका नेपालीहरुले अनिवार्य रूपमा आफ्ना विवरण दिन दुतावासको अनुरोध (फारम सहित)

ओमानमा रहेका नेपालीहरुलाई अनिवार्य विवरण टिपाउन दुतावासको अनुरोध (फर्म भर्ने तरिकसहित)

विदेशबाट नेपाल फर्किनुपर्ने अवस्थामा रहेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना

यूएईमा रहेका नेपालीलाई आफ्नो विवरण पेश गर्न दूतावासको अनुरोध, यसरी भर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल