2026-10-17 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

धन कमाउन विदेशिएको पाँच महिनामा शव आएपछि …

रामबहादुर थापा साउन ९, बागलुङ । गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका–७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने । दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुपर्यो । धन कमाउन विदेशिनुभएका उहाँ बन्द बाकसमा फर्कनुभयो ।

फागुन पहिलो साता साउदी अरब पुग्नुभएका ४२ वर्षीय सुनारको गत जेठ ११ मा निधन भयो । शव भने गत सोमबार मात्र आइपुग्यो । कोरोनाले निम्त्याएको बन्दाबन्दीका कारण शव ल्याउनै झण्डै दुई महिना लाग्यो । परिवारले अन्तिमपटक मुख हेर्ने धोको राखेपछि खर्चिलो र झण्झटिलो भए पनि सुनारको शव घरै ल्याइएको हो । मङ्गलबार अन्तिम संस्कार गरेपछि छोराहरु दिनेश र विनोद अहिले बुबाको किरियामा हुनुहुन्छ ।

“म पनि भारतमा थिएँ, तीन/चार वर्षदेखि बुबालाई भेट्न पाएको थिइँन, अब यत्तिकै भयो”, २१ वर्षीय दिनेशले भन्नुभयो, “हामी विदेश लागेपछि घरमा आमा र भाइमात्र थिए ।” १८ वर्षीय विनोद बीचमै पढाइ छाडेर घरमै बस्नुभएको छ । आमा सीमा ज्यालादारी काम र घरधन्दा सम्हाल्नुहुन्छ । लक्ष्मणको कमाइका भरमा परिवार पालिएको थियो, मिठो–मसिनो पाक्थ्यो । घरको मुली मान्छे नै गुमाउनु परेपछि सुनार परिवारलाई अकल्पनीय बज्र परेको छ । आर्थिक स्थिति दयनीय छ । जायजेथाले बिहान–बेलुकीको निर्वाहसम्म हुँदैन । “बुबा बितेर गए पनि हामी दुई भाइ छौँ अब केही गर्नुपर्ला, आमा र परिवारको भविष्य हाम्रो काँधमा आएको छ”, दिनेशले भन्नुभयो ।

दिनेश पनि रोजगारीका सिलसिलामा केही वर्षदेखि दिल्लीमा हुनुहन्थ्यो । बुवाको निधनको खबर पाएपछि बन्दाबन्दीबीच उहाँ घर फर्कनुभएको थियो । लक्ष्मण रोजगारीका लागि शुरुमा कुवेत र त्यसपछि साउदी अरब जानुभएको थियो । उहाँमा पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेको छोरा दिनेशले बताउनुभयो । “त्यसकै कारण बुवाको एक्कासी त्यस्तो घटना भयो”, दिनेशले भन्नुभयो । विदेशिनुपूर्व घरगाउँमै रहँदा पनि लक्ष्मण सीपयुक्त काममा मेहेनती र लगनशील हुनुहुन्थ्यो ।

“एकदम सरल, कामकाजी हुनुहुन्थ्यो, गाउँमा सबैले चिन्थे, मान्थे”, वडाध्यक्ष टीकाबहादुर थापाले भन्नुभयो, “डोका, नाम्ला बुन्ने सीप पनि थियो ।” वडाध्यक्ष थापाले सम्पत्तिका नाममा घरबाहेक लक्ष्मणसँग केही नभएको बताउनुभयो । दैनिक श्रम गरेर गुजारा गर्ने परिवार भएको उहाँको भनाइ छ । परिवारको आर्थिक स्थिति कमजोर देखेपछि जापानमा रहेका गलकोटेहरुले सहयोग गरेका छन् । घुम्टे युवा परिवार जापान शाखाले चलाएको सहयोग अभियानबाट रु छ लाख १७ हजार ६२० सङ्कलन भएको छ । सो रकम परिवारको लालनपालन र सुरक्षित भविष्यका लागि खर्च गरिने भएको छ । 

पीडामाथि पीडा

लक्ष्मणको निधनले दिएको चोट मत्थर हुन नपाउँदै सुनार परिवारमा थप अर्को पीडा थपिएको छ । सुनारको घर पहिराको जोखिममा परेको वडाध्यक्ष थापाले बताउनुभयो । “घरैछेउबाट पहिरो खसेको छ, भिरालो जमिन भएकाले जोखिम बढी छ”, उहाँले भन्नुभयो । वडाले पहिरा रोकथाममा सुनार परिवारलाई सहयोग गरिने जनाएको छ । छिमेकमा रहेका मनबहादुर विक र अङ्कित विकको घर पनि पहिराले जोखिममा पारेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु