2026-10-16 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

हार्वेस्ट मून ट्राभल्स एण्ड टूर्सद्वारा मलेसियाबाट नेपाल फर्कन ५५ जनालाई निशुल्क हवाई टिकट

साउन ९, काठमाडौं | आर्थिक समस्याका कारण नेपाल फर्कनको लागि हवाई टिकट लिन नपाएकाहरुलाई हार्वेस्ट मून ट्राभल्स एण्ड टूर्स प्रा.लिले सहयोग गरेको छ  | मलेसियाको जेल/ डिटेन्सन केन्द्रहरुमा रहेका ५५ जना नेपाली नागरिकहरुलाई स्वदेश फर्कन हार्वेस्ट मून ट्राभल्स एण्ड टूर्स बाट नि:शुल्क हवाई टिकट उपलब्ध भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ |

कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजीकरण गर्न संचालन भएका उडानहरु मार्फत हालसम्म मलेसियाको विभिन्न जेल/ डिटेन्सन केन्द्रहरुमा रहेका १२६ जना नेपाली नागरिकहरु नेपाल फर्किएका छन्  |  

त्यसैगरी आगामी २९ जुलाई २०२० मा समेत जेल/ डिटेन्सन केन्द्रहरुमा रहेका थप ७५ जना नेपाली नागरिकहरु नेपाल फर्कने कार्यक्रम रहेको दुतावासले जनाएको छ  | सो उडानमा मार्फत जेल/ डिटेन्सन केन्द्रहरुमा रहेका ५५ जना नेपाली नागरिकहरुलाई नि:शुल्क हवाई टिकट उपलब्ध गराईएको हो  | आर्थिक समस्यामा परेका कारण उनीहरुलाई नेपाल ल्याउनको लागि निशुल्क हवाई टिकट उपलब्ध गराईएको हार्वेस्ट मून ट्राभल्स संचालक राम श्रेष्ठले बताए | 

 जेल/ डिटेन्सन केन्द्रहरुमा रहेका नेपाली नागरिक सम्बन्धी जानकारी चाहिएमा अथवा केही सूचना/विवरण प्रदान गर्नुपरेमा हाम्रो हटलाइन ०१६२४७२७७७ मार्फत वा जेल शाखाको इमेल [email protected] मार्फत समेत सम्पर्क गर्न सकिने दुतावासले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु