2026-10-17 02:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

वैदेशिक रोजगारीको नाममा बढ्दो ठगी, फरार एजेण्ट खोज्दै पीडित

पुस ५, दाङ | घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति पाँच लाख ५० हजार रुपैयाँका दरले १६ लाख ५० हजार उठाए । उनले गाउँका अन्य दुई जनालाई साक्षी राखेर युवाबाट रकम बुझेका थिए । रकम बुझाएको अहिले दुई वर्ष पुग्यो । विदेश पठाउँछु भन्ने इन्द्रबहादुर फरार छन् ।

विदेश पठाउने भनी पैसा बुझाएर ठगिएका घोराहीका जीवन घर्ती, खुमबहादुर खड्का र तुलसीपुरका श्यामलाल चौधरी ठगी गर्ने व्यक्तिको खोजीमा हुनुहुन्छ । विदेश जाने लोभमा ठगिएका श्यामलाल भन्नुहुन्छ, ‘शुरुशुरुमा केही समय कुर्नुस् पठाउँछु भनेर छल्दै गयो, पछि पैसा फिर्ता गर्छु पनि भन्यो तर, अहिले सम्पर्कविहीन छ ।’

श्यामलालका अनुसार उहाँहरुलाई विदेश पठाउँछु भनेर ठगी गर्ने इन्द्रबहादुर अहिले कहाँ, के गर्दैछ भन्ने कसैलाई पत्तो छैन, ‘न फोन लाग्छ न कहाँ बस्छ भन्ने थाहा नै छ’, उहाँ भन्नुहुन्छ, ‘ऋण गरेर पैसा दिएको अहिले ब्याज तिर्दातिर्दै बेहाल भएको छ ।’

लमही नगरपालिका–५ निवासी दामोदर धिताल, शान्ताराम चौधरी र सन्दीप बुढाथोकीले वैदेशिक रोजगारको क्रममा रुस जाने भन्दै गुल्मीका टामलाल रिजाललाई प्रतिव्यक्ति चार लाखका दरले १२ लाख रुपैयाँ दुई पक्षबीच कागज बनाएरै बुझाउनुभयो । 

रुसमा मासिक एक हजार २०० डलर कमाइ हुने भन्दै चार वर्षअघि पैसा दिनुभएको थियो तर लामो समय बितिसक्दा पनि उहाँहरुले न त विदेश जान पाउनुभयो, न पैसा नै फिर्ता पाउनुभयो । पीडितमध्येका एक दामोदरका अनुसार पैसा लगेको दुई वर्षसम्म विदेश नपठाएपछि प्रहरीको सहयोगमा ठगी गर्ने टामलाललाई पक्राउ पनि गरियो । तर केही दिनभित्रै पैसा दिने सहमति गरेर प्रहरीबाट छुटेका टामलाल अहिले बेपत्ता छन् । वैदेशिक रोजगारीका नाममा ठगिएका तीनै जना दुई वर्षदेखि उनकै खोजीमा हुनुहुन्छ ।

घोराही उपमहानगरपालिका–७ का १० युवाले पनि कामदारको रूपमा मलेसिया जाने भन्दै काठमाण्डौमा भेटिएका शिवबहादुर कार्कीलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले पाँच लाख बुझाएका थिए । एउटै गाउँका तीन युवासँग न त पैसा लैजाने कार्कीको सम्पर्क नम्बर छ न बस्ने ठेगाना नै थाहा छ । ठगीमा परेको भन्दै बिनाप्रमाण प्रहरीमा पुगेपछि प्रहरीलेसमेत आफूहरुको मुद्दा दर्ता नगरेको पीडितमध्येका प्रमोद चौधरीले बताउनुभयो । 

पछिल्लो समय वैदेशिक रोजगारमा जाने क्रम बढेपछि ठगी धन्दा पनि बढ्दो छ । वैदेशिक रोजगार ऐन, २०७५ (संशोधन) मा कसैले पनि वैदेशिक  रोजगारमा  लगाइदिन्छु  भनी  झुटो आश्वासन  दिई  वा  प्रलोभन  देखाई रकम  लिएमा  वा  विदेश पठाएमा त्यसरी लिएको रकम  र  सोको पचास प्रतिशतले हुने रकम हर्जानावापत असुल गरिने व्यवस्था छ । 

साथै त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत  भराई ठगी गर्ने व्यक्तिलाई  तीन लाख रुपैयाँदेखि पाँच लाखसम्म जरिवाना र तीनदेखि सात वर्षसम्म कैद सजायको व्यवस्था छ । यद्यपि जिल्ला प्रहरी कार्यालय दाङसँग वैदेशिक रोजगारसम्बन्धी के कति मुद्दा परेका छन् भन्ने त्यसको कुनै छुट्टै तथ्याङ्क छैन । छिटपुट आउने गुनासालाई जिल्ला अदालत वा वैदेशिक रोजगार विभागमा पठाउने गरेको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा शाखाका पदमप्रसाद बोहोरा बताउनुहुन्छ ।

पछिल्लो समय वैदेशिक रोजगारमा लगाइदिने बहानामा होस् वा लोभलालच देखाएर गैरकानूनीरूपमा विदेश पठाउने क्रम बढ्दो छ । यसलाई नियन्त्रण गर्न भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले गत असार १ गते जिल्लाका सबै जिल्ला प्रसाशन कार्यालयलाई वैदेशिक रोजगारसम्बन्धी मुद्दा हेर्न भन्दै पत्रसमेत पठाएको छ ।

गृहकै पत्रबमोजिम जिल्ला प्रशासन कार्यालय दाङले पनि मुद्दा दर्ता गर्न थालेको छ तर वैदेशिक रोजगारसँग जोडिएको मुद्दामा दोहोरो छलफल चलाउने, क्षतिपूर्ति असुलउपर गर्ने कार्य भने अझसम्म हुनसकेको छैन । वैदेशिक रोजगारसँग जोडिएको ठगी मुद्दा प्रशासनले हेर्ने जिम्मेवारी भए पनि आफूहरुले दर्ता गरेर प्रहरीलाई सिफारिस गर्ने गरेको जिल्ला प्रसाशन कार्यालय दाङका मुद्दा शााखा प्रमुख कुवेरजङ्ग खड्का बताउनुहुन्छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु