2026-10-02 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारका विषयमा प्रहरीलाई जानकारी

पुस ३०, विराटनगर | सुरक्षित आप्रवासन परियोजना (सामी)द्वारा वैदेशिक रोजगारका बारेमा प्रहरीलाई जानकारी दिने उद्देश्यले आयोजित एकदिने अन्तक्र्रिया कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।

परियोजनाको यो कार्यक्रम देशभरमा ३९ जिल्लाका १५६स्थानीय तहमा आयोजना गरिएको थियो । गएको मङ्सिरसम्ममा ५९ लाख युवा वैदेशिक रोजगारमा रहेर  गरिबी निवारणमा मद्दत पुगेको कार्यक्रममा जानकारी दिइएको थियो  । 

देशमा युवा जनशक्तिको बढ्दो आकार, आन्तरिक रोजगारी न्यून, परम्परागत जीवनयापनमा कम रुचि, ऋणको भार बृद्धि, सामाजिक दबाब, घरेलु हिंसा एवं पारिवारिक बेमेल, देशको अस्थिरता, विदेशमा बढ्दो रोजगारीको अवसर तथा पारिश्रमिकमा अन्तर, अन्तर्राष्ट्रिय बजारमा नेपाली कामदारको माग र सूचना तथा जानकारीको सहजताले नेपाली युवा बर्सेनि विदेशिने गरेकोजस्ता विषयमा पनि चर्चा गरिएको थियो ।

प्रतिवर्ष चार लाख ५० हजारको सङ्ख्यामा विदेशिने युवा गएको मङ्सिर महिनामा पाँच हजार २२४ विदेशिएका थिए । वैदेशिक रोजगारीमा जाने युवा कुनै पनि कारणले ठगीमा परेको उजुरी परेमा पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्नका लागि  प्रहरी अधिकृतलाई थप ज्ञान दिलाउनु र  सजग गराउनु कार्यक्रमको उद्देश्य रहेको परियोजनाका जिल्ला संयोजक देवेन्द्र चौधरीले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले ‘वैदेशिक रोजगार ऐन र प्रमुख जिल्ला अधिकारीको भूमिका’ तथा प्रहरी उपरीक्षक जनार्दन जिसीले ‘वैदेशिक रोजगारीलाई शोषणरहित बनाउन नेपाल प्रहरीको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

वैदेशिक रोजगारीकै लागि जिल्लामा चालु आर्थिक वर्षको पाँच महिनामा चार हजार ८०५ जनाले राहदानी बनाएकामा पुरुष तीन हजार २९०, महिला एक हजार ४४४ र नाबालक ७१ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने