2026-10-15 06:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

माघमा वैदेशिक रोजगारीमा जान ६४ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा धेरै

फागुन ९, काठमाडौं | गएको माघ महिनामा ६४ हजार भन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार, माघ महिनामा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७ जना महिला गरी ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान सरकारसँग श्रम स्वीकृति लिएका हुन् ।

यो सङ्ख्या पहिलो पटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार १२४ जना रहेको छ । जसमा ४ हजार २६६ जना महिला र ३४ हजार ८५८ जना पुरुष रहेको विभागले जनाएको छ । 

उनीहरू मध्ये सबैभन्दा धेरैले मलेसिया जानका लागि श्रम स्वीकृति लिएका छन् । मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १९ हजार ७८३ जना रहेको छ । 

यस्तै खाडीको देश कतार जानका लागि १२ हजार ७०४ जनाले, साउदीका लागि १० हजार ५७६ जनाले, यूएईका लागि ९ हजार ७७० जनाले, कुवेतका लागि २ हजार ९ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् ।

साइप्रसका लागि ४१७ जनाले, क्रोएसियाका लागि ४७१ जनाले, जापानका लागि ८८२ जनाले, माल्टाका लागि २७० जनाले, पोल्याण्डका लागि ७२० जनाले, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि ८०४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि