2026-10-15 06:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कोरियाले हरेक महिना दुई हजार नेपालीलाई रोजगारमा लैजान थाल्यो

फागुन १९, काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य  देश  बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो ।

वैदेशिक  रोजगार  विभागअन्तर्गत  ईपीएस  कोरिया शाखाका अनुसार सन् २०२३ मा २२ हजार नेपाली युवा ईपीएसमार्फत दक्षिण कोरिया पठाउने गरी काम भइरहेको छ । 

पछिल्लो पटक दक्षिण कोरिया सरकारको  मानव  संसाधन  विभाग  (एचआरडी)ले  श्रमिक आपूर्तिबारे केही नीति परिवर्तन गर्दै जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ । ईपीएस  कोरिया  शाखाका  निर्देशक  पुष्पराज  कुटुवालले दक्षिण कोरिया सरकारले तोकेका प्रक्रिया पूरा गरेर छिटो र छरितो रूपमा श्रमिक पठाउन ईपीएस शाखा सफल भएकाले यस पटक नेपालले बढी कोटा प्राप्त गरेको जानकारी दिए । उनले भने, “नेपालबाट  ईपीएसमार्फत  कोरिया  जाने  श्रमिक  छनोट  प्रक्रिया  पारदर्शी  छ,  एचआरडीले  तोकेको  मापदण्डअनुसार  छिटो  श्रमिक  तयार  गर्न  सकेका  छौँ । त्यसैले यो वर्ष दक्षिण कोरियाले नेपालबाट बढी श्रमिक लिन थालेको छ ।” 

– गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि