2026-10-15 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

भिजिट भिसामा काम गर्न खाडीका देश हिँडेका १७ सय २८ जनालाई विमानस्थलबाटै फर्काइयो

फागुन २६, काठमाडौँ | भिजिट भिसाको आवरणमा खाडीका देशमा कामका लागि हिँडेका १७ सय २८ जनालाई परामर्श गरी विमानस्थलबाटै फर्काइएको छ ।

चालु आर्थिक वर्षको वैशाखदेखि फागुन २५ गतेसम्मको अवधिमा भिजिट भिसामा कामका लागि हिँडेका १७ सय २८ जनालाई परामर्श गरी विमानस्थलबाट फर्काइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका अनुसार फागुन महिनाको २५ दिनमा मात्रै खाडीका विभिन्न देशमा काम गर्ने उद्देश्यले भिजिट भिसामा हिँडेका ४ सय ७६ जनालाई विमानस्थलबाट फकाइएको छ ।

विमानस्थलमा सोधपुछको क्रममा सरकारी नियम विपरीत उनीहरू पासपोर्टमा भिजिट भिसा लगाए पनि काम गर्नका लागि खाडीका देश यूएई, ओमान, कुवेत, कतार, कुवेत बहराइनजस्ता देशमा हिँडेको पाइएपछि ब्युरोले विमानस्थलबाटै फर्काएको हो ।

यसरी फर्काइनेमा धेरैजसो महिलाहरू रहेका छन् । महिलाहरूलाई विभिन्न गैरकानुनी एजेण्टहरुले गाउँबाट काठमाण्डौ ल्याउने र पासपोर्ट बनाउनेदेखि जहाज टिकटसम्म आफैँले काटेर भिजिट भिसामा खाडीका देशमा घरेलु काममा पठाउने गरेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘गाउँ गाउँबाट एजेण्टहरुले महिला दिदीबहिनीहरूलाई काठमाण्डौ ल्याउने, काठमाण्डौमा बस्ने खाने व्यवस्था गर्ने र पासपोर्ट बनाएर भिजिट भिसाको प्रक्रिया गरी टिकट पनि आफैँले काटेर खाडीका देशमा पठाउने गरेको पाइएको छ’ प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले भन्नुभयो ‘यसरी महिलालाई पठाएबापत नेपालका एजेण्टले विदेशका एजेण्टबाट डेढदेखि दुई लाख रुपैयाँ पाउँछन् ।’

पछिल्लो पाँच वर्षमा नेपाल प्रहरीमा ७५५ वटा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता भएको छ भने मानव बेचबिखन अनुसन्धान ब्युरोमा मात्रै १९६ मा मुद्दा दर्ता भएको छ । देशभित्रै, भारत, खाडीका विभिन्न देश लगायतबाट पछिल्लो पाँच वर्षमा मानव बेचबिखन तथा ओसारपसारमा परेका एक हजार ५९ जनालाई ब्युरोले उद्धार गरेको जनाएको छ ।

जसमध्ये ६७३ जना महिला र ३८६ जना पुरुष रहेका छन् । उनीहरूमध्ये कतिपय भने परिवारसँग सम्पर्क विहीन भएर हराएका व्यक्तिसमेत रहेको  प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले खाडीका देशमा घरेलु श्रमिकका महिला श्रमिकलाई नेपालबाट पठाउन प्रतिबन्ध लगाएपछि भिजिट भिसामा खाडीका देशमा लग्ने र घरेलु काममा लगाउने प्रवृत्ति बढ्दो छ । यस्तो प्रवृत्तिलाई रोक्न ब्युरो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै टोली खटाएको छ ।

भिजिट भिसामा वा श्रम स्वीकृति नै लिएर हिँडेको भएता पनि सोधपुछको क्रममा मानव बेचबिखन वा ओसारपसारमा पर्ने सक्ने जोखिम देखिएमा परामर्श गरी विमानस्थलबाटै उनीहरूलाई फर्काउने गरेको ब्युरोले जनाएको छ । 

‘भारतमा राम्रो काम र तलब पाउने भन्दै प्रलोभनमा पारेर लगिएको अनुसन्धानमा देखिन्छ भने खाडी राष्ट्रहरूमा पनि कतिपयलाई त श्रम स्वीकृति नै लिएर पठाइएको पाइन्छ भने धेरैजसोलाई चाहिँ भिजिट भिसाको आवरणमा खाडीका देशमा लग्ने र घरेलु काममा लगाएर समस्यामा पार्ने गरेको पाइएको छ’ प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले भन्नुभयो ।

भिजिट अर्थात् घुम्ने भिसामा कसैको विश्वासमा परेर काम गर्न नजान र आफू जाने देश, गर्ने काम, कम्पनी, त्यहाँ भाषा संस्कृति लगायतको बारेमा राम्रोसँग सोधपुछ गरेर मात्र जान पनि उहाँले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि