2026-09-19 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिल्म ‘झिँगेदाउ’ अब ज्येष्ठ नागरिकहरुले निःशुल्क हेर्न पाउने

भदौ १९, काठमाडौँ | गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘झिँगेदाउ’ अब ज्येष्ठ नागरिकहरुले निःशुल्क हेर्न पाउने भएका छन्।

राजधानीका बीएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले ज्येष्ठ नागरिकका लागि यस्तो स्किम ल्याएका हुन्।

आमा-सन्तानबिचको भावनात्मक कथा भनेका कारण बीएसआर मुभिजले ६५ वर्षमाथिका ज्येष्ठ आमाहरुको लागि सित्तैमा सिनेमा देखाउने घोषणा गरेको हो। अष्टनारायण पिक्चर्स र शुभकामना हलले पनि प्रदर्शन अवधिसम्म ज्येष्ठ आमा-बुबा दुवैलाई सित्तैमा सिनेमा देखाउने भएको छ।

शुक्रवार औसत व्यापार गरेको ‘झिँगेदाउ’ले शनिवारबाट राम्रो पिकअप गरिरहेको छ।

फिल्मलाई दर्शकको राम्रो साथ र प्रतिक्रिया मिलेपछि निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछिको कमब्याक सफल भएको महशुस गरेका छन्। त्यस्तै, अभिनेत्री केकी अधिकारीले वर्षौंपछि हलमा परिवारसहित दर्शक फर्किदा खुसी मिलेको बताइन्।

अभिनेत्री आँचल शर्माले दर्शक प्रतिक्रिया र उपस्थितिले उत्साह मिलेको बताइन्। दर्शक प्रतिक्रिया बुझ्न आँचल सोमवार चितवन पुगेकी छिन्। उनले त्यहाँ दर्शकसँग साक्षात्कार गर्नेछिन्।

पारिवारिक दाउपेचको यो फिल्ममा केकी र आँचलका साथै मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी लगायतको पनि अभिनय रहेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो