2026-10-11 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली फिल्मले ६० प्रतिशत शो पाउनुपर्छ : भुवन केसी

भदौ २८, काठमाडौँ | चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले  नेपाली फिल्मको प्रदर्शनसँग जोडेर आफूलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन् । नेपाली फिल्मको प्रदर्शनमा हल व्यवस्था विकास बोर्डले नै गर्ने जसरी आफ्नो नाम जोडिएर बदनाम गर्न खोजिएको उनको भनाइ छ ।

‘नेपाली फिल्मले सधै नै पहिलो प्राथमिकतामा हल पाउनुपर्छ भनेर म ४ दशकदेखि लडिरहेको छु । तर, यहाँ नेपाली फिल्म रिलिज हुँदा विकास बोर्डले नै हल नदिएजस्तो गरि मेरो बदनाम गर्न खोजियो’ केसीले भने ‘ आजसम्म, विकास बोर्डले हल दिने भन्ने कुनै नीति छैन ।’ नेपाली फिल्मले रिलिजको समय ६० प्रतिशत शोज पाउनुपर्ने धारणा समेत केसीले अगाडि सारे । मंगलबार फिल्म ‘सायरा’ घोषणा कार्यक्रममा अध्यक्ष केसीले नेपाली फिल्म आफ्नो प्रथामिकतामा पहिले, अहिले र पछि पनि पर्ने स्पष्ट पारे ।

‘हाम्रो देशमा नेपाली फिल्मले प्रदर्शनमा पहिलो प्रथामिकता पाउन सकेको छैन । त्यो मैले पनि नबुझेको कुरो हो’ केसीले भने ‘म चलचित्र विकास बोर्डमा पुगेपछि यो बिषयमा निरन्तर पहल गरिरहेको छु । केही समयपछि हल होला ।’ केसीले बोर्ड​ले आफ्नो अधिकारमा रहेर यस बिषयमा छिट्टै काम गर्ने समेत सुनाए ।

पछिल्लो समय आफ्नै देशमा फिल्म निर्माताहरुले पराइको व्यवहार सहनुपरेको छ । यो विषय आफुले पनि बुझेको बताएका केसीले बिदेशी फिल्मसँग नेपाली फिल्म जुध्दा नेपाली फिल्मले नै बढी शो पाउनुपर्ने उनले बताए । ‘विदेशी फिल्म र नेपाली फिल्म एकसाथ रिलिज हँुदै छ भने नेपाली फिल्मले पहिले बढी शो पाउनुपर्छ’ केसीले थपे ‘नेपाली नेपाली भएको खण्डमा बराबरा शो हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध