2026-10-11 12:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डाइपर फेरिरहँदा अवतारमा छानिएकी थिइन् सलदाना

असोज ६, लसएन्जल्स | एजेन्सी | हलिउड सुपरहिट फिल्म ‘अवतार’ को दोस्रो भर्सन चाँडै आउने तयारीमा छ । सन् २००९ मा यो फिल्मको पहिलो भाग रिलिज भएको थियो । १३ वर्ष दोस्रो भाग रिलिजको लागि तयारी अवस्थामा छ ।

हालैमात्र फिल्मका कलाकारलाई समेटेर एक पत्रकार सम्मेलन भएको थियो । जहाँ अभिनेत्री जो सलदाना पनि सहभागी थिइन् । उनले आफूले कसरी ‘अवतार’मा जोडिने अवसर पाइन् भन्ने अनौठो किस्सा सुनाएकी थिइन् ।

‘म त्यो क्षणलाई भुल्न सक्दिनँ । जब मलाई फिल्मको टिमले फोन गरे । म त्यतिबेला जिममा थिएँ, त्यही बेला म यो फिल्ममा छानिएको फोन आएको थियो । मलाई नेयत्रीको भूमिकामा अभिनय गर्न प्रस्ताव गरिएको थियो । जुन समयमा जिमको काम सकेर भतिजीको डाइपर फेरिरहेको थिएँ । यसअघि मैले डाइपर हेर्दा यति धेरै इन्जोय गर्ने अवसर पाएको थिइनँ,’ उनले हाँस्दै भनिन् ।

‘अवतारः द वे अफ वाटर’ मा जो सलदानाका अलावा केट विन्सलेट, सेम वर्थिंगटन, स्टीफन लैंग, मिशेल रोड्रिग्ज, विन डीजल जस्ता कलाकारको अभिनय छ । जेम्स क्यामरुनको यो फिल्म १६ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्म यसपटक समुन्द्र तटको आसपास सुट गरिएको छ । फिल्मको दोस्रो भर्सन १९ सय करोडमा निर्माण गरिएको छ ।

१८ सय करोडमा निर्माण भएको ‘अवतार’ ले विश्वव्यापी रुपमा २० हजार ३ सय ६८ करोड रुपैंयाँको कमाई गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध