2026-10-11 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अटो चलाएर गुजारा गर्छन् सलाम बम्बेका शफीक

असोज १०, काठमाडौं | बाल कलाकारका रूपमा शफीक सैयदले फिल्म ‘सलाम बम्बे’ मा अभिनय गरे । फिल्ममा उनीसँगै रघुवीर यादव, इरफान खान र नाना पाटेकरको पनि अभिनय थियो । ठूला स्टारसँगै उनको अभिनयलाई पनि सबैले मनपराए । उनले नेसनल अवार्डसमेत जिते ।

शफीकले सानै उमेरमा यति ठूलो सफलता पाउँछु भन्ने कहिल्यै सोचेनन् । उनले फिल्ममा कृष्णको भूमिकामा अभिनय त गरे, तर आगामी दिनमा कति संघर्ष गर्नुपर्छ भन्ने उनलाई थाहा थिएन । ‘सलाम बम्बे’ पछि उनको भाग्यको ढोका खुल्नेमा सबै ढुक्क थिए । किनकि उनले नेसनल अवार्ड जितिसकेका थिए । तर ठीकविपरीत भइदियो ।

‘सलाम बम्बे’ पछि उनी अर्को एक फिल्ममा मात्र देखिए । त्यसपछि उनी बलिउडबाट गुमनाम भए ।  उनले कैयौं निर्माताको घर र कार्यालय धाए, तर कतै काम पाएनन् । उनी निरास भएर गृहनगर बैंगलोर फर्किए । घर फर्किएपछि उनले जीवन चलाउन सानोतिनो काम गरे । कहिले लाइटमेन बने त कहिले अटो चालक ।

उनी अहिले अटो चलाएर परिवारको पालनपोषण गरिरहेका छन् । उनको विवाह भइसकेको छ र चार सन्तान छन् । उनी कन्नड उद्योगको टेलिभिजन प्रोडक्सन युनिटमा असिस्टेन्टको रूपमा पनि काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध