2026-10-11 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिना शुक्ला बनिन् मिसेस् नेपाल पिस

असोज ११, काठमाडौं | ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शिर्ष उपाधि चुमेकी हुन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा रीमा खड्का ‘फष्ट रनर अप’, सुबिना शाक्य ‘सेकेन्ड रनर अप’, सीमा सराफ ‘थर्ड रनर अप’ र रेशमा पुरी ‘फोर्थ रनर अप’ घोषित भए ।

एमी इन्टरटेन्मेन्टको आयोजना र युहान इन्टरनेशनको ब्यवस्थापन रहेको प्रतियोगितामा विधागततर्फ अञ्जु ढुंगाना ‘पब्लिक च्वाईस’, बिनिता प्रधान ‘भिवर्स च्वाईस’, हिरादेवी श्रेष्ठ ‘मिसेस् ट्यालेन्ट’, सबी ह्यौमिखा ‘म्यानेजमेन्ट च्वाइस’, संगीना ताम्राकार ‘बेस्ट ड्रेस’ र ‘बेस्ट पिस प्रोजेक्ट’, अनिशा सुवेदी ‘बेस्ट वाक’, सपना श्रेष्ठ ‘बेस्ट स्माइल’, अञ्जु न्यौपाने ‘मिसेस् कञ्जीनालिटी’, मनीषा रेग्मी ‘मिसेस् कन्फिडेन्ट’ र रीमा खड्का ‘बेष्ट पर्सनालीटी’ चुनिए ।

अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस् नेपाल पिस’ को उपाधिसमेत प्रदान गरिएको प्रतियोगीतामा राजभाई सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा  निर्णायक रहेका थिए ।

महिलाविरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले प्रतियोगीताको आयोजना गरिएको आयोजक एमी इन्टरटेन्मेन्ट एमी रौनियारले बताए । प्रतियोगीता उमेर समुह, विवाहित, डिभोर्सी, तौल, उचाईंको पनि मापदण्ड नराखिएको  उनले सुनाए ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगीतामा रीमा खड्का, अनिशा सुवेदी, बिनिता प्रधान, श्रेया रेवदी श्रेष्ठ, वन्दना चौधरी, लक्ष्मी ढुंगाना, अञ्जना अमात्य चुके, संगीना ताम्राकार, मनिषा रेग्मी, अर्चना अमात्य, प्रमिला लामा, सपना श्रेष्ठ, साबी ह्यौमिख, हिरादेवी श्रेष्ठ, अन्जु न्यौपाने, सुबिना शाक्य, अञ्जु ढुंगाना, सीमा सराफ, रेशमा पूरी, हिना शुक्ला लगायत प्रतियोगीताको आजीवन सदभावना दूत समेत नियुक्त भएका थिए ।

प्रतियोगिताले विवाहित नारीहरूको माध्यमबाट महिलाविरुद्ध हुने हरेक खालका हिंसाबारे महिलाहरुलाई जागरुक बनाउँदै त्यसविरुद्ध महिलालाई सशक्त रुपमा प्रस्तुत हुन सचेतनाको माध्यमबाट आत्मविश्वास र आत्मबल निर्माण गरेको आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध