2026-10-10 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्ष २०७९ को अर्धवार्षिक कमाइसम्म चार फिल्म बक्स अफिसमा हिट, कुनले कति कमाए ?

असोज ३०, काठमाडौँ | वर्ष २०७९ मा अहिलेसम्म रिलिज भएका धेरै नेपाली फिल्ममध्ये चार फिल्म मात्र व्यावसायिक सफल भएका छन् । बाँकी फिल्मले अन्य स्रोतबाट लगानी उठाए पनि बक्स अफिसमा चाहिं असफल रहे ।

वर्ष २०७९ को अर्धवार्षिक कमाइसम्म यी चार फिल्मले मात्र आफूलाई बक्स अफिसमा अब्बल बनाउन सके । जेठ १३ गते रिलिज भएको फिल्म ‘कबड्डी ४’ले नेपाली बक्स अफिसमा मात्रै साढे २३ करोड रुपैयाँ ग्रस कमाएको छ । फिल्मको ओपनिङ २ करोड ९० लाख रुपैयाँ ग्रस थियो । कुल कमाइ र ओपनिङको दुवै हिसाबमा कबड्डी ४ को यो कीर्तिमान हो ।विदेशबाट मात्र फिल्मले १० करोड हाराहारीमा कमाइ गरेको अनुमान छ । निर्माता यतिबेला कबड्डीको पाँचौं सिक्वेल निर्माणको तयारीमा छन् ।

‘प्रेमगीत ३’ यस वर्षको अर्को हिट फिल्म हो । फिल्मले दुई सातासम्म नेपालमा नेपाली र हिन्दी संस्करणबाट १३ करोड ग्रस कमाइ गरेको छ । प्रदीप खड्का स्टारर यो फिल्म यस वर्ष दुई अंकको कमाइ गर्ने कबड्डी ४ पछिको दोस्रो नेपाली फिल्म हो ।

केकी अधिकारी र आँचल शर्मा अभिनित फिल्म ‘झिंगेदाउ’को नेपाल लाइफटाइम कलेक्सन ७ करोड रुपैयाँ हाराहारी रह्यो । विशुद्ध ग्रामीण कथावस्तुमा बनेको यो फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् भने भीमनिधि तिवारीको कथामा फिल्म आधारित छ ।

अर्को बक्स अफिस हिट फिल्म हो दुई नम्बरी । जुन यतिबेला पनि हलमा आक्रामक ढंगमा प्रदर्शनरत् छ । फिल्मले पहिलो साता साढे चार करोड रुपैयाँ ग्रस कमाइ गरेको हिसाब प्राप्त छ ।

कमाइमा आक्रामक नभए पनि ‘ऐना झ्यालको पुतली’ले अब्बल समीक्षा प्राप्त गर्‍यो । समीक्षकले यसलाई दशककै उत्कृष्ट सिनेमा समेत भनेका छन् । सुजित बिडारी निर्देशित यो फिल्मको कमाइ डेढ करोड रुपैयाँ ग्रस आसपास रहेको अनुमान छ ।

बक्स अफिस कमाइका हिसाबले यस वर्ष अन्य पनि प्रतीक्षित फिल्महरु रिलिजको तयारीमा रहेकाले अझै यो संख्या बढ्ने अपेक्षा छ । के घर के डेरा, महापुरुष, छक्कापञ्जा ४ अपेक्षित फिल्म हुन् ।

यस वर्ष केही चर्चित कलाकारका फिल्म त रिलिज भए, तर तिनले बक्स अफिसमा आफूलाई सफल तुल्याउन सकेनन् । पूजा शर्माका दुई फिल्महरु सम्हालिन्छ कहिले मन र सम्झना बिर्सना असफल रहे । सौगात मल्लकै मन्त्र, घनचक्कर, माइकल अधिकारी, राधा पूर्णतः असफल रहे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध