2026-09-19 05:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

नयनतारा र विग्नेशको ६ वर्षअघि नै विवाह

असोज ३०, मुम्बई | दक्षिण भारतीय अभिनेत्री नयनताराले सामाजिक सञ्जालमा जम्ल्याहा सन्तानको तस्बिर राख्दै आफू र अभिनेता पति विग्नेश शिवन आमाबाबु बनेको जानकारी दिएकी थिइन् ।

विवाहको चार महिनापछि आमाबाबु बनेको भन्दै खुसी मनाइरहँदा उनीहरू कसरी यति छिट्टै आमाबाबु बने भन्ने चर्चा पनि चल्यो । उनीहरूले सेरोगेसी माध्यमबाट सन्तान जन्माएको खुलेपछि विवादमा तानिए । किनकि भारतमा जनवरी २०२२ देखि नै सेरोगेसीलाई प्रतिबन्ध लगाइएको छ ।

तमिलनाडु सरकारले उनीहरू चार महिनामै आमाबाबु बनेको विषयमा छानविन समिति गठन गरेको थियो । सरकारले उनीहरूको विषयमा अनुसन्धान गर्न तमिलनाडु स्वास्थ्य विभागलाई जिम्मेवारी दिएको थियो । अनुसन्धानले उनीहरूले ६ वर्षअघि नै कानुनी रूपमा विवाह गरिसकेको खुलेको छ ।

वर्तमान कानुनमा कुनै पनि जोडीले विवाहको पाँच वर्षसम्म सन्तान जन्माएनन् भने सेरोगेसीको सहारा लिनसक्ने व्यवस्था छ । नयनतारा र विग्नेशले अनुसन्धानमा आफूहरू परेपछि विवाहको दर्ता कागजपत्र निकालेका छन् । जुन कागजपत्रमा उनीहरूले ६ वर्षअघि नै विवाह गरेको उल्लेख छ ।

अनुसन्धानमा उनीहरूको सन्तानलाई दुबईमा बस्दै आएकी मलयाली महिलाले जन्म दिएको र उक्त अस्पताल चेन्नई अस्पताल रहेको खुलेको छ । नयनतारा र विग्नेशले उनीहरूले चार महिनाअघि मात्र धार्मिक विधिअनुसार विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा