2026-09-19 05:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

ऋतिक र सैफको ‘विक्रम वेधा’ फ्लप हुनुको पाँच कारण

कात्तिक २, काठमाडौं | ऋतिक रोशन र सैफ अलि खान स्टारर फिल्म ‘विक्रम वेधा’ बक्स अफिसमा फ्लप सावित भइसकेको छ । यो फिल्म फ्लप हुनुमा मानिसहरूले अनेक कारण देखाएका छन् । कतिपयले फिल्मको मार्केटिङलाई दोष लगाएका छन् भने यसको गीत ‘अल्कोहोलिया’लाई पनि कारण मानिएको छ । यहाँ यो फिल्म फ्लप हुने पाँच कारण प्रस्तुत गरिएको छ ।

ऋतिक र सैफको 'विक्रम वेधा' को टिजर रिलिज - Global TV

अल्कोहोलिया

यो फिल्म तमिल फिल्म ‘विक्रम वेधा’ को हिन्दी रिमेक हो । तमिलमा ११ करोडको लागतमा बनेको फिल्मले बक्स अफिस ६० करोडको कमाइ गरेको थियो । जबकि हिन्दीमा यो फिल्म एक सय ७५ करोडमा बने पनि व्यापार भने करिब ७५ करोड मात्र गरेको छ । फिल्मको गीत ‘अल्कोहोलिया’मा ऋतिकले उत्कृष्ट नृत्य गरे पनि गीतको वर्ड भ्यालुलाई दर्शकले रुचाएनन् । मदिरासँग सम्बन्धित यो गीतमा ऋतिकका अलावा कुनै ठूलो अभिनेत्रीलाई आइटम नृत्य गराएको भए यसले फिल्मलाई फाइदा पुग्ने अधिकांशको बुझाइ छ ।

राधिका आप्टे

फिल्ममा अभिनेत्री राधिका आप्टेले सैफकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन् । अधिकांश दर्शकले फिल्मले पारिवारिक दर्शकलाई ध्यान नदिइएको आरोप लगाएका छन् । उनीहरूले राधिकाको स्थानमा अन्य कोही नाम चलेको अभिनेत्रीलाई अभिनय गराएको भए दर्शकलाई थिएटरमा तान्न सक्ने उल्लेख गरेका छन् ।

फिल्मको संवाद

उत्तर भारतका दर्शकले फिल्मको संवादप्रति आपत्ति जनाएका थिए । फिल्मको संवाद तिनै मनोज मुन्तशिरले लेखेका हुन्, जसको फिल्म ‘आदिपुरुष’लाई लिएर बोलेको कारण चर्चामा छन् । फिल्ममा विक्रम र वेधा दुवै उत्तर भारतीय हुन् । तर कानपूरबाट आएर लखनउमा आफ्नो वर्चश्व बनाउने वेधाको बोली यी दुई क्षेत्रको सट्टा बिहारको जस्तो छ ।

फिल्मको प्रायोजित मार्केटिङ

फिल्मको रिलिजअघि नै सामाजिक सञ्जालमा फिल्मको प्रायोजित समीक्षा गर्न र यसलाई ट्रेन्डिङमा ल्याउन एक डिजिटल मार्केटिङ एजेन्सीले मोटो रकम खर्च गरेको थियो । फिल्मको राम्रो समीक्षा गर्न पनि राम्रो रकम खर्च गरिएको चर्चा चलेको थियो ।

रिलायन्सको गलत योजना

कानपूर र लखनउका दर्शकले यो फिल्मको प्रचारप्रसार फरक ढंगले गरेको भए फिल्मले पहिलो साता सानदार कमाई गर्ने दाबी गर्छन् । फिल्ममा अनावश्यक बजेट खर्च गरिएको दर्शकको बुझाइ छ । फिल्म रिलिजअघि हिन्दी भाषी क्षेत्रमा प्रचारमा खर्च नगर्नु पनि फ्लप हुने कारण उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा