2026-09-19 05:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाहअघि अमिताभ बच्चनले राखेका थिए जया सामू यस्तो शर्त ‘मलाई यस्ती श्रीमती चाहिँदैन जो….’

एजेन्सी | बलिउडकी दिग्गज अभिनेत्री जया बच्चन आफ्नो बयानका कारण धेरैजसो चर्चामा रहन्छिन् । अब जयाले आफ्नो विवाह र अमिताभबारे एउटा खुलासा गरेकी छिन् । जयाका अनुसार अमिताभले उनीसँग विवाह गर्नुअघि एउटा शर्त राखेका थिए ।

जया बच्चनले अमिताभले उनीसँग विवाह गर्नुअघि आफूलाई ९–५ काम गर्ने श्रीमती नचाहेको स्पष्ट पारेको जानकारी दिइन् । आफ्नी नातिनी नव्या नवेली नन्दाको पोडकास्ट ‘ह्वाट द हेल नव्या’ मा जया बच्चनले उनका पिताले उनले विवाह गरोस् भन्ने नचाहेको पनि बताइन् ।

नव्याले जया बच्चनलाई अमिताभ बच्चनले कसरी विवाह प्रस्ताव राखेका थिए भनेर प्रश्न सोधेकी थिइन् यसमा जयाले भनिन्, ‘म कोलकातामा सुटिङ गरिरहेकी थिएँ, त्यतिबेला हामीले हाम्रो कुनै फिल्म हिट भए हामी बिदा मनाउन कतै जाने भनेर योजना बनाइरहेका थियौँ । त्यसपछि जंजिर हिट भएको थियो । म कोलकातामा सुटिङ गरिरहेकी थिएँ, त्यति नै बेला तिम्रो हजुरबुवाको फोन आयो र एउटा समस्या भएको बताए ।’

जया बच्चनले भनिन् कि अमिताभले उनलाई भने, ‘मेरा आमाबुवाले ‘तिमी जयासँग बिदा मनाउन जान सक्दैनौ’ भन्नुभयो । ‘यदि तिमी जयासँग बिदा मनाउन जान चाहन्छौ भने पहिला विवाह गर । उनले (अमिताभ) ले मलाई सोध्नुभयो – तिमी के सोच्छौ ? मैले भने, ‘हामी अक्टोबरमा विवाह गर्ने योजना बनाइरहेका छौँ, हामी जूनमा नै गरौँ न त, कुरा सिद्धिहाल्यो ।’

बिदा मनाउन जानका लागि जया बच्चन र अमिताभ बच्चनले विवाहको निश्चित मितिभन्दा अघि नै गरे ।

यो शर्तमा जया बच्चनसँग अमिताभले गरे विवाह

जया बच्चनले यो पनि बताइन् कि विवाह अघि अमिताभले उनको अगाडि एउटा शर्त राखेका थिए । जयाले भनिन्, ‘कामको चटारो कम हुने भएकोले हामीले अक्टोबरमा विवाह गर्ने योजना बनाएका थियौँ । ’ तर यसमा अमिताभले भने, ‘मलाई यस्ती श्रीमती चाहिँदैन जो ९–५ सम्म काम गरोस् । तपाईं काम त गर्नुहोस् तर हरेक दिन होइन । तपाईं आफ्नो प्रोजेक्ट, काम, सही मानिसहरुसँग मात्रै गर्नुहोस् । ’

अमिताभको यो शर्तलाई जयाले मानिन् र त्यसपछि यी दुईले विवाह गरे । अमिताभ र जया बच्चनले सन् १९७३ मा विवाह गरेका थिए । विवाहको एक वर्षपछि यी दुईको छोरी श्वेता बच्चनको जन्म भएको थियो । त्यसपछि सन् १९७६ मा अभिषेक बच्चनको जन्म भयो । जया र अमिताभको जोडी धेरैका लागि उदाहरण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा