2026-10-10 11:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘महापुरुष’ले पहिलो सप्ताहन्त मै कमायो ३ करोड हाराहारीको ग्रस

कात्तिक १४, काठमाडौँ | हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ३ करोड १० लाख रुपैयाँ हाराहारीको ग्रस कमाइ गरेको छ ।

एक करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन डेढ करोड कलेक्सन गर्यो । तेस्रो दिन फिल्मको कमाइ ६० लाख रुपैयाँ आसपास देखिन्छ । पहिलो सप्ताहन्त तीन करोडको आँकडा पार गर्नु महत्वपूर्ण उपलब्धि हो ।

महापुरुष'ले पहिलो सप्ताहन्त पार गर्‍यो तीन करोडको आँकडा – Online Khabar

सोमबारको अकुपेन्सी ४० प्रतिशतमा सीमित हुने देखिन्छ । आगामी शुक्रबार ठूलो फिल्म रिलिज नभएकाले पनि यसको फाइदा ‘महापुरुष’ले लिन देखिन्छ । दोस्रो सातामा फिल्मको कमाइ कसरी अघि बढ्छ भन्ने कुरा विकडेजमा फिल्मले हासिल गर्ने वर्ड अफ माउथमा निर्भर हुनेछ । तर अहिलेसम्म सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले दोस्रो सातामा पनि फिल्मले राम्रै पिकअप लिने अपेक्षा छ ।

प्रदीप भट्टराई निर्देशित फिल्मले पत्नी गुमाएपछि एक्लिएको सिंगल पुरुषको जीवनमा पुनः प्रेमको प्रवेश भएपछि हुने उतारचढावको कथा पेस गर्छ । हरिवंशले मुख्य चरित्रको भूमिका निर्वाह गरेका छन् । गौरी मल्ल उनको अपोजिटमा छिन् । षट्कोण आर्ट्सको ब्यानरमा म्याक्स दीपेश खत्रीले निर्माण गरेको फिल्मको कार्यकारी निर्मातामा रविन्द्रसिंह बानियाँ छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध