2026-10-10 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमिर खानले अभिनयबाट विश्राम लिने, भन्छन्- आमा र बच्चाहरुसँग बस्न चाहन्छु

कात्तिक २९ काठमाडौँ | बलिउड अभिनेता आमिर खानले केही समयअघि स्पेनी फिल्म ‘च्याम्पियन’को रिमेक बनाउने खबर चर्चामा थियो । यो फिल्ममा उनले अभिनय पनि गर्ने कुरा थियो ।

तर आमिर प्रोजेक्टबाट पछि हटेका छन् । आमिर स्वयंले यो स्पेनी फिल्मको रिमेकमा आफूले अभिनय नगर्ने बताएका छन् । आफूले अभिनयबाट विश्राम लिन चाहेको भन्दै आमिरले परिवार र बच्चासँग समय बिताउन चाहेको बताएका छन् ।

आमिरको पछिल्लो फिल्म ‘लाल सिंह चड्ढा’ थियो, जुन बक्स अफिसमा असफल रह्यो । चार वर्षपछि आमिर यही फिल्ममार्फत कमब्याक भएका थिए । ट्रेलर रिलिज भएलगत्तै फिल्म बहिष्कारको ट्रेण्ड सामाजिक सञ्जालमा सुरु भएको थियो । बहिष्कारको यो आगोमा लाल सिंह चड्ढा असफल बन्यो । फिल्मले लगानी पनि उठाउन सकेन ।

आमिरले भने, ‘जब म अभिनय गर्छु, फिल्ममा यति मग्न हुन्छु कि मेरो जीवनमा अरु केही हुँदैन । लाल सिंह चड्ढापछि म च्याम्पियन्सको रिमेक गर्न चाहन्थें । यो एक गज्जबको स्क्रिप्ट हो । यो सुन्दर कथा हो । यो मन छुने फिल्म हो । तर मलाई लाग्छ, म ब्रेक लिन चाहन्छु । म मेरो परिवारसँग बस्न चाहन्छु । म मेरी आमा र मेरो बच्चाहरुसँग हुन चाहन्छु ।’

आमिर अगाडि भन्छन्, ‘मलाई लाग्छ म ३५ वर्षदेखि काम गरिरहेको छु । मैले आफ्नो काममा मात्र ध्यान दिएको छु । म यो समयलाई फरक तरिकाले जीवन अनुभवका लागि निकाल्ने योजना गर्छु । म जीवनको एक चरणमा छु जहाँ म मेरो सम्बन्धको आनन्द लिन चाहन्छु ।’

आमिर खानभन्दा पहिला शाहरुख खानले पनि सन् २०१८ मा ‘जिरो’ फ्लप भएपछि अभिनयबाट ब्रेक लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध