2026-10-10 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका मल्टिप्लेक्समा ‘अवतार २’को अग्रिम टिकट बिक्री आक्रामक

मङ्सिर २६, काठमाडौँ | १३ वर्षपछि प्रदर्शन हुन लागेको यस वर्षकै बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङको संकेत गरेको छ ।

सोमबार मध्यान्हसम्म मुख्य मल्टिप्लेक्स चेनमा ‘अवतार : द वे अफ वाटर’को ५० प्रतिशत टिकट बिक्री भइसकेको छ । यसको अर्थ प्रदर्शन हुन पाँच दिन बाँकी रहँदा पहिलो सप्ताहन्तमा टिकट अझै बिक्री हुने देखिन्छ ।

हलले बुकिङ नभएर अग्रिम टिकट बिक्री खुलाएका हुन् । अंग्रेजी फिल्मले बढी कमाउने क्यूएफएक्सका प्रमुख मल्टिप्लेक्स हलमा आजभित्रै टिकट सोल्डआउट हुने ट्रेन्ड देखिएको छ ।

क्यूएफएक्सले थ्रीडीतर्फ ४७ शो र टुडीतर्फ १३ गरेर कुल ६० शो दिएको छ । फिल्मको लम्बाइ नै ३ घण्टा १० मिनेट भएकाले शो संख्यामा कमी देखिनु स्वाभाविक हो । यो फिल्मले हलको साढे तीन घण्टा समय होल्ड गर्ने भएको छ ।

‘अवतार २’ले नेपाली बक्स अफिसमा एक करोड रुपैयाँ ग्रसभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ‘वर्ड अफ माउथ’ बलियो भएमा फिल्मको सप्ताहन्त ओपनिङ तीन करोड पार गर्ने प्रारम्भिक मूल्यांकन छ । नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

‘अवतार’ नेपालमा रिलिज हुने पहिलो थ्रीडी डायमेन्सनको फिल्म हो । तत्कालीन कुमारी हलमा दर्शकले यसलाई थ्रीडी चश्मा लगाएर हेरेका थिए । यसपछि विश्व फिल्ममा थ्रीडी फिल्मको बाढी नै आयो । ‘अवतार’ रिलिजपछि नेपाली फिल्म हल प्राविधिक रुपमा स्तरोन्नति भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध