2026-10-10 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अवतार २’ले नेपालमा कमायो २ करोड ४३ लाख ग्रस, विश्वभर ४०० मिलियन डलरको ओपनिङ प्रक्षेपण

पुस ३, काठमाडौँ | जेम्स क्यामरुन निर्देशित हलिउड साइन्स फिक्सन ‘अवतार : द वे अफ वाटर’ले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गरेको छ ।

डिज्नेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले प्रदर्शनको दुई दिनमा २ करोड ४३ लाख रुपैयाँ ग्रस कमाइ गर्‍यो । शुक्रबार १ करोड १० लाख ओपनिङ गरेको फिल्मले शनिबार १ करोड ३० लाख कमाइ गर्‍यो ।

मुलुकका ५० पर्दाबाट रिलिज भएको फिल्मले आज (आइतबार) ५० देखि ७० लाखबीच कमाइ गर्नसक्ने प्रक्षेपण गरिएको छ । सुरुवाती दुई दिनमा देशभरका मल्टिप्लेक्स खचाखच रहे ।

‘अवतार २’को उक्त कमाइमा काठमाडौं उपत्यकाको हिस्सा ७५ प्रतिशत र बाँकी उपत्यका बाहिरका हलको छ । बलियो वर्ड अफ माउथका कारण फिल्मले विकडेजमा राम्रो पिकअप लिने सम्भावना छ ।

Avatar 2 Box Office Day 1 Morning Occupancy: Takes A Good Start All Across  The Country With South Showing Outstanding Response!

विश्वभर ४०० मिलियन डलर ओपनिङ प्रक्षेपण

शुक्रबार मात्रै विश्वभर १८० मिलियन डलरको ओपनिङ गरेको फिल्मले सप्ताहन्त अर्थात् शुक्रबार, शनिबार र आइतबार विश्वभरबाट ४०० मिलियन डलर कमाउने प्रक्षेपण गरिएको छ ।

उत्तर अमेरिकामा शुक्रबार फिल्मले ५३ मिलियन डलर कमाउँदा भारतमा फिल्मले ४१ करोड भारु कमाएको जनाइएको छ । भारतमा ‘एभेन्जर्स : एण्ड गेम’पछि दोस्रो सर्वाधिक कमाउने फिल्मको कीर्तिमान यसले रचेको छ ।

शुक्रबार फिल्मले चीनमा २३.५ मिलियन डलर, दक्षिण कोरियामा ९.८ मिलियन, फ्रान्समा ९.५ मिलियन, जर्मनीमा ८.५ मिलियन, भारतमा ५.९ मिलियन, मेक्सिकोमा ५.९ मिलियन, अष्ट्रेलियामा ५.४, बेलायतमा ४.५, इटालीमा ४.५ र ब्राजिलमा ३.७ मिलियन डलर कमाएको डेडलाइन हलिउड म्यागजिनले जनाएको छ ।

१३ वर्षपछि रिलिज भएको ‘अवतार’को यो दोस्रो श्रृंखलालाई लिएर विश्वभर व्यापक पर्खाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध