2026-10-10 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फरक भूमिका रूचाउने विपीन कार्की

पुस ५, काठमाडौँ | अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उहाँले निर्वाह गरेको चरित्रले पहिचान स्थापित ग-यो । फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन् । 

उहाँले हरेक फिल्ममा आफूलाई पात्रमार्फत चिनाउन प्रयास गर्नुहुन्छ । ‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमान्को भूमिका निर्वाह गर्नुभएका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकार गर्नुभयो । यद्यपि निर्देशक दीपेन्द्रकुमार खनालले श्रीमान्कै भूमिकमा ल्याउनुभयो । उक्त भूमिकालाई अभिनेता कार्कीले ‘फूलबारी’ मा प्रयोग गर्नुभयो । फिल्ममा उहाँ अवकाशप्राप्त शिक्षकको भूमिकामा हुनुहुन्छ । 

उहाँ वास्तविक उमेरभन्दा बढी देखिनुभएको छ । प्रायः अभिनेताले उमेरभन्दा बढीको भूमिका नकार्ने गर्छन् । “म चरित्र बाँच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । मैले सहजै भूमिका स्वीकार्ने गर्छु”, अभिनेता कार्कीले भन्नुभयो, “निर्देशकहरू दर्शकको भावना, मेकअप आर्टिस्टको कामले गर्दा पनि फरक गेटअप दिन रुचाएको पाउँदिन । यद्यपि म भने फरकरुपमै आफूलाई प्रस्तुत गर्न चाहन्छु ।” उहाँ फिल्ममा दयाहङ राईको समेत अभिभावक बन्नुभएको छ । प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन नसकेको उहाँको गुनासो छ । 

अभिनेता राई अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित हुनुहुन्छ । “हामीले केही फिल्ममा सँगै काम गरेका छौँ । उहाँको चरित्रप्रतिको गम्भीरता र निर्माणमा गरेको मेहेनतले म जस्तो कलाकारलाई ऊर्जा दिन्छ”, अभिनेता राईले भन्नुभयो । अभिनेता राई र कार्कीले लूट सिरिज, जात्रैजात्रा र के घर के डेरामा सँगै काम गर्नुभएको छ । उहाँ दुई अभिनित पछिल्लो फिल्म ‘फूलबारी’ आउँदो फागुन ५ गते प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध