2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृत्युभन्दा १० दिनअघि डराउँदै आमालाई के भनेकी थिइन् तुनिशाले?

पुस ११, काठमाडौँ । भारतीय अभिनेत्री तुनिशा शर्माको आत्महत्या प्रकरणमा अभिनेता शीजान मोहम्मद खान पक्राउ परेका छन्। तुनिशाका परिवारले खानविरुद्ध उजुरी दर्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

तुनिशाको आत्महत्या प्रकरणमा उनका काकाले अर्को खुलासा गरेका छन्। १० दिन पहिला तुनिशालाई एन्जाइटी अट्याक आएको थियो जसकारण उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो। 

उनका अनुसार तुनिशाले आफूलाई धोका भएको बताएकी थिइन्।

‘तुनिशा र शीजान आफ्नो शो (अली बाबाः दास्तान ए काबुल) को सुरुआतदेखि नै एकअर्कासँग नजिक थिए। १० दिनअघि एन्जाइटी अट्याक आएपछि तुनिशालाई अस्पताल भर्ना गरिएको थियो। उनकी आमा भेट्न गएपछि उनले आफू गलत भएको बताएकी थिइन्। उनले आफूलाई धोका भएको समेत बताएकी थिइन्। उनकी आमाले तिमी सम्बन्ध राख्न चाहन्नौ भने छोडिदेऊ भन्दै सम्झाएकी थिइन्। हामी यति चाहन्छौं कि आरोपीलाई सजाय होस्,’ उनले भने।

शीजानविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरिएको छ। 

शनिबार सुटिङ सेटमै तुनिशाले आत्महत्या गरेकी थिइन्। भारतीय सञ्चार माध्यमका अनुसार उनी एक मेकअप कोठाको पंखामा झुन्डिरहेको अवस्थामा भेटिएकी हुन्। उनलाई तत्काल आनन-फानन अस्पतालमा लगिएको थियो जहाँ डाक्टरले मृत घोषित गरेका थिए। 

प्रहरीका अनुसार नयाँ गाउँको रामदेव स्टुडिओमा छायांकन भइरहेको थियो। ब्रेकको समयमा अभिनेत्री तुनिशा पंखामा झुन्डिएकी हुन्। 

चन्डीगढमा जन्मिएकी तुनिशाले २०१५ बाट अभिनयमा डेब्यु गरेकी थिइन्। उनको पहिलो टेलिभिजन शो ‘भारतका वीर पुत्र महाराणा प्रताप’ हो। त्यसपछि उनले ‘चक्रवर्ती अशोका सम्राट, गब्बर पुन्छवाला, शेर ए पञ्जाबः महाराजा रञ्जित सिंह, इन्टरनेटवाला लभ, इश्क शुभानाल्लाह’ जस्ता टेलिशृंखलामा काम गरेकी थिइन्।

उनले २०१६ मा बलिउडमा पनि डेब्यु गरेकी थिइन्। उनको पहिलो फिल्म ‘फितुर’ हो। उनले ’बार–बार देखो’ र ’दबंग ३’ मा समेत अभिनय गरेकी छन्।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा