भेराइटी म्यागेजिनसँग जानकारी दिएका हुन्।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भेराइटी म्यागेजिनसँग जानकारी दिएका हुन्।<"/>
2026-10-10 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन १० मिनेट काटियो ‘अवतार: द वे अफ वाटर’ को प्रदर्शन समय?

पुस १३, काठमाडौँ । हलिउड फिल्म ‘अवतार: द वे अफ वाटर’ को प्रदर्शन समय घटाइएको छ। निर्देशक जेम्स क्यामरुनले फिल्मको १० मिनेट लम्बाई काटेको भेराइटी म्यागेजिनसँग जानकारी दिएका हुन्।

निर्देशक जेम्सका अनुसार अमेरिकालगायतका विभिन्न देशमा हालै भएका गोलीबारीका घटनालाई ध्यानमा राखेर फिल्मको लम्बाइ छोटाइएको हो। बुधबारदेखि दर्शकले फिल्मभित्र बन्दुक र हिंसाका केही दृश्यहरु हेर्न पाउनेछैनन्। १० मिनेट काटिएसँगै अब फिल्म जम्मा ३ घण्टा भएको छ।

‘मैले बन्दुक चलाएका केही दृश्यलाई लक्षित गर्दै फिल्मको लगभग १० मिनेट काटेँ। म केही कुरूपताबाट छुटकारा पाउन, उज्यालो र अँध्यारोबिचको सन्तुलन खोज्न चाहन्छु,’उनी भन्छन्, ‘पक्कै पनि द्वन्द्व हुनुपर्छ। हिंसा र एक्सन एउटै कुरा हो, तपाईँ यसलाई कसरी हेर्नुहुन्छ त्यसमा निर्भर हुन्छ। हरेक एक्सन फिल्म निर्माताको दुविधा हो, र म एक एक्सन फिल्म निर्माताको रूपमा चिनिन्छु।’

यस फिल्मले सोमबारसम्म विश्वभरबाट बक्सअफिसमा ९५५.१ मिलियन डलर कलेक्सन गरिसकेको भेराइटीमा उल्लेख छ। प्रदर्शनको दुई सातामै यस फिल्मले ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’ (८०० मिलियन), द ब्याटम्यान (७७० मिलियन), थोर : लभ एण्ड थण्डर (७६० मिलियन), मिनियन्स : द राइज अफ ग्रु (९३९ मिलियन)लाई पछाडि पारेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध