2026-10-10 09:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस युनिभर्समा भाग लिन अमेरिका प्रस्थान गरिन् सोफिया

पुस १७, काठमाडौँ | मिस युनिभर्स प्रतियोगितामा भाग लिन ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल अमेरिकातर्फ प्रस्थान गरेकी छन् । पेजेन्टकी नेपाल निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले उनलाई शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्‍यो ।

अमेरिका प्रस्थान गर्नुअघि सोफियाले ताज जित्न आफू उत्साहित रहेको बताइन् । ‘म आफ्नो उत्कृष्ट प्रस्तुति मिस युनिभर्सको स्टेजमा दिनेछ,’ उनले भनिन्, ‘आफ्नो तयारीप्रति ढुक्क छु ।’

मिस युनिभर्स नेपालको आयोजक टिम पनि ‘मिस युनिभर्स’को ७१ औं श्रृंखलाको ताज नेपाल भित्रिनेमा आशावादी देखिएको छ । पेजेन्टमा सोफियाले नेपाली संस्कृति झल्किने कस्ट्युम तयार पारेकी छन् ।

यसपकको मिस युनिभर्सको प्रतिस्पर्धा अमेरिकाको लुसियानास्थित न्यु अर्लियन्समा हुँदैछ । जनवरी १४ मा हुने फिनालेमा ८५ भन्दा बढी देशका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

सोफियाले आफूलाई साथ दिन सबै नेपालीसँग आग्रह पनि गरेकी छिन् । गत अगस्टमा काठमाडौंको याक एण्ड  यति होटलमा भएको प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै सोफियाले ‘मिस युनिभर्स नेपाल’को ताज जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध